लिङ्देन भन्छन्ः चुनावी तालमेलबारे निर्णय भएको छैन, तर सघाउने दललाई हामी पनि सघाउँछौं – Nepal Press

लिङ्देन भन्छन्ः चुनावी तालमेलबारे निर्णय भएको छैन, तर सघाउने दललाई हामी पनि सघाउँछौं

भरतपुर । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय चुनावमा तालमेल गर्नेबारे पार्टीमा कुनै निर्णय नभएको तर आफ्नो दललाई सघाउनेलाई आफूहरुले पनि सघाउने बताएका छन् । भरतपुर महानगरलाई समृद्ध र भ्रष्टाचारमुक्त बनाउन राप्रपाको उम्मेदवारले जित्नुपर्ने भन्दै उनले अन्य दलसँग आपसी सहयोगका आधारमा अघि बढ्न तयार रहेको बताएका हुन् ।

‘भरतपुरमा सघाउने राजनीतिक दललाई अन्यत्र हामीले पनि साथ दिन सक्छौं’ चितवनमा आयोजित चुनावीसभालाई सम्बोधन गर्न आएका लिङ्देनले भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भने, ‘तर जे भए पनि हामीले यसपालि विगतमा भन्दा धेरै स्थानमा चुनाव जित्न सक्छौं ।’

अध्यक्ष लिङ्देनले राप्रपाले जितेका पालिकाहरुमा १२ कक्षासम्म निःशुल्क शिक्षाको व्यवस्था गरिने प्रतिबद्धता पनि व्यक्त गरे । त्यस्तै स्वरोजगारका लागि बिनाधितो ऋण व्यवस्था गर्ने, आधारभूत स्वास्थ निःशुल्क गर्ने योजना पनि उनले सुनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर