प्रदेश १ मा बढ्दो बलात्कार, ८ महिनामा २८४ मुद्दा दर्ता – Nepal Press

प्रदेश १ मा बढ्दो बलात्कार, ८ महिनामा २८४ मुद्दा दर्ता

विराटनगर । गत फाल्गुण ३० गते मोरङको सुन्दरहरैँचामा डेढ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भयो । १८ महिनाकी नाबालिकालाई स्थानीय मिथुन चौधरी र अजय चौधरीले सामूहिक बलात्कारपछि हत्या गरेको थिए । त्यसको ठीक १७ दिनअघि अर्थात् फागुन १३ गते मोरङको लेटाङ नगरपालिका–८ ज्यामिरेकी १२ वर्षीया करुणा राईको बलात्कारपछि हत्या भयो ।

स्कूलबाट घर फर्किने क्रममा हराएकी करुणाको भोलिपल्ट लेटाङ ८ लालहीरा सामुदायिक वनको केराको झ्याङभित्र मृतावस्थामा भेटिएको थियो । हत्यामा संलग्न ६३ वर्षीया दिपक गिरी पक्राउ परे ।

यी त गएको फागुन महिनामा मात्र मोरङ जिल्लामा भएका बलात्कारपछि हत्या अपराधका दुई उदाहरण हुन् । प्रदेश १ मा पछिल्लो समय यसप्रकारका घटना बढिरहेको छ ।

प्रदेश १ नेपाल प्रहरीको तथ्यांकले १० वर्षभन्दा मुनिका र ६० वर्षभन्दा माथिका पुरुष पनि यस्ता अपराधमा संलग्न भएको देखाउँछ । १९ देखि २५ वर्ष उमेर समूहका पुरुष यस्ता अपराधमा बढी संलग्न भएको तथ्यांक छ ।

प्रहरीका अनुसार अनुसार आर्थिक वर्ष २०७६/७७ मा ४ सय ७४ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भएको थिए । २०७७/७७ मा यो संख्या बढेर ९ सय ९० घटना दर्ता भएका थिए । चालु आर्थिक वर्ष २०७८/७९ को फागुन महिनासम्म अर्थात ८ महिनाको अवधिमा २ सय ८४ वटा बलात्कारका घटना भएको तथ्यांकले देखाएको छ ।

मुलुकी संहिताले १० वर्षभन्दा मुनिका र ७० वर्षभन्दा माथिकालाई बलात्कार गरेमा जन्मकैद हुने व्यवस्था छ । १० देखि १४ वर्षसम्मका लाई करणी गरेमा २० वर्षसम्म कैद, १४ देखि १६ वर्षसम्मकालाई करणी गरेमा १२ देखि १४ वर्षसम्मको कैद हुने कानूनी व्यवस्था छ । तर पनि यस्ता अपराधमा कमी आउनुको सट्टा बढ्दै गएकाले सामाजिक सचेतनासँगै कानून कार्यान्वयमा चुकेको देखिएको महिला अधिकारकर्मी मञ्जिता उपाध्याय बताउँछिन् ।

उपाध्याय भन्छिन्, ‘नाबालिग र वृद्धा पनि यौनजन्य हिंसाको सिकार भैरहेका छन् । समाजले चरित्रमाथि उठाउने प्रश्नका कारण कतिपय घटना कानूनी प्रकियामै पुग्दैनन् । पुगि हाले पनि राजनीतिक सामाजिक प्रभावमा परेर पीडितले कमै मात्र न्याय पाउने गरेका छन् ।’

उनले योसँगै सामाजिक तथा राजनीतिक पहुँचका कारण उन्मुक्ति पाउँदा पनि अपराधीको मनोबल बढेर घटना न्यूनीकरण हुनुको सट्टा झन्–झन् बढ्दै गएको बताइन् ।

विराटनगरस्थित डिग्री क्याम्पस मानवशास्त्रका उपप्रध्यापक डिल्ली प्रसार्इँ पनि फितलो कानून कार्यान्वयन र अशिक्षाका कारण यस्ता घटना बढेको तर्क गर्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *