मधेस आन्दोलनका अगुवा बने नेपालगञ्जमा एमालेबाट मेयरको सर्वसम्मत उम्मेदवार – Nepal Press

मधेस आन्दोलनका अगुवा बने नेपालगञ्जमा एमालेबाट मेयरको सर्वसम्मत उम्मेदवार

नेपालगञ्ज । नेकपा एमालेले नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा पशुपति दयाल मिश्र र उपमेयरमा शान्ता ढकाललाई उम्मेदवार बनाउने भएको छ ।

उपमहानगर कमिटीको बैठकले हालैमात्र हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहबाट एमालेमा प्रवेश गरेका मधेस आन्दोलनका अगुवा मिश्रलाई मेयर उठाउने सर्वसम्मत निर्णय गरेको हो ।

मिश्र मधेस आन्दोलनबाट उदाएका प्रभावशाली नेता हुन् । उपमेयरमा पार्टी केन्द्रीय सदस्य शान्ता ढकाललाई सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको एमालेले जनाएको छ ।

पशुपति दयाल मिश्र गत मंसिरमा अध्यक्ष केपी शर्मा ओलीलाई नेपालगञ्जमा निम्त्याएर ठूलो समूहसहित एमाले प्रवेश गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर