को हुन् अमेरिकाले प्रतिवन्ध लगाएका रुसी राष्ट्रपति पुटिनका छोरीहरु ? – Nepal Press

को हुन् अमेरिकाले प्रतिवन्ध लगाएका रुसी राष्ट्रपति पुटिनका छोरीहरु ?

अमेरिकाको निर्णय, रुसी अधिकारीदेखि पुटिनका छोरीहरुसम्म निशानामा

काठमाडौं । संयुक्त राज्य अमेरिकाले रुसी अधिकारीदेखि रुसी राष्ट्रपती भल्दिमिर पुटिनका छोरीहरुसम्मलाई लक्षित गर्दै थप प्रतिवन्धको घोषणा गरेको छ ।

रसियाले युक्रेनको शहर बुचामा गरेको अत्याचारका घटना सार्वजनिक भएसँगै अमेरिकाले रसिया माथिको प्रतिवन्धलाई थप कडाई गर्ने निर्णय गरेको हो  ।

राष्ट्रपति पुटिनका छोराछोरी, विदेशमन्त्री लाभरोभकी श्रीमती र छोरी र पूर्व राष्ट्रपति तथा रुसका प्रधानमन्त्री दिमित्री मेदवेदेव र प्रधानमन्त्री मिखाइल मिशुस्टिनलगायत रुसको सुरक्षा परिषद्का सदस्यहरूमाथि पनि अमेरिकाले प्रतिवन्ध लगाउने जनएको छ ।

रुसी अधिकारीका परिवारका सदस्यहरुले पुटिनलाई युक्रेनको हमलामा सघाएको कारण राष्ट्रपति पुटिनका छोरीहरु सहित उच्चपदस्तमा रहेका रुसी अधिकारीहरुका परिवारलाई समेत प्रतिवन्ध लगाइएको अमेरिकाको भनाई छ ।

अमेरिकाले प्रतिवन्ध लागाउने घोषणा गरेतापनी पुटिनका छोरीहरुको विषयमा भने खासै जानाकारी प्राप्त छैन । पुटिन आँफैले पनि कुनै पनि सार्वजनिक कार्यक्रममा आफ्नो परिवार र निजी जीवनको बारे टिप्पणी गर्ने गरेका छैनन् ।

सन् २०१५ मा एक प्रेस सम्मेलनमामा उनका छोरीहरुको बारे सोधिएको प्रश्नमा पुटिनले उनका छोरीहरु रुसमै रहेको र उनीहरु प्रति आँफूलाई गर्व रहेको बताएका थिए । सार्वजनिक स्थलमा आफ्ना छोरीहरुको नाम समेत नलिने पुटिनका दुई छोरीहरु छन् र उनीहरु हुन् ३६ वर्षिय मारिया भोन्ट्सोभा, र ३५ वर्षिय कटरिना टिखोनाभा ।

मरिया र कटरिना पुटिन र उनकी पुर्व पत्नी ल्युडमिलाका छोरीहरु हुन् । उनिहरुको बिहे सन् १९८३ मा भएको थियो भने सन् २०१३मा उनिहरुको सम्बन्ध विछेद भएको थियो । मारिया हाल अध्यापक लेखक तथा व्यवसायीको रुपमा सकृय छिन् । उनको बिहे नेदरल्याण्डका एक व्यपारी जोरिट जुस्टसँग बहेको थियो ।

पुटिनकी आर्की छोरी कटरिना एक्रोब्याट डान्सर हुन् ।उनले सन् २०१३ मा रुसका एक व्यापारी साम्लोवसँग विहे गरेकी थिईन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर