सोलु करिडोर प्रसारण लाइन: नेपाललाई के फाइदा हुन्छ ? – Nepal Press

सोलु करिडोर प्रसारण लाइन: नेपाललाई के फाइदा हुन्छ ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले आज संयुक्त रूपमा उद्घाटन गरेको ‘सोलु करिडोर विद्युत् प्रसारण’ लाइन नेपालको विद्युत् व्यापारका लागि निकै महत्वपूर्ण परियोजना हो ।

सरकारको लगानी र भारतीय निर्यात–आयात (एक्जिम) बैंकको सहुलितपूर्ण ऋणमा यो परियोजना निर्माण भएको हो । भारतीय कम्पनी मोहन इनर्जीले गत फागुनमा यो परियोजनाको निर्माण सम्पन्न गरेको थियो ।

सोलु खोलाको जलधारा क्षेत्रमा ३ सय २५ मेगावाट जलविद्युत् निस्किनसक्ने सम्भावना छ । सोही जलधारा क्षेत्रमा सोलु खोलामा २३ दशमलव ५ मेगावाट, माथिल्लो सोलुमा १८ मेगावाट, दूधकोशी(सोलु खोला)मै ८६ मेगावाट र तल्लो सोलुखोलामा ८२ मेगावाट जलविद्युत आयोजना यसक्षेत्रका ठूला आयोजना हुन् ।

आयोजनाअन्तर्गतको बिजुली नेपाल–भारतबीच खरिदबिक्री गर्न सहज होस् भनेर ९० किलोमिटर लामो ‘सोलु करिडोर प्रसारण लाइन’ बनेको हो । यसको १३२ केभी क्षमताको यो प्रसारण लाइन डबल सर्किटको बनेको छ । यही प्रसारण लाइन बन्ने भएपछि नेपाल विद्युत् प्राधिकरणले त्यस क्षेत्रका १२ जलविद्युत् आयोजनासँग ३ सय २५ मेगावाटको विद्युत् खरीद–बिक्री सम्झौता (पीपीए) पनि गरिसकेको थियो ।

यो प्रसारण लाइन सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगाहुँदै सोलुखुम्बूको दूधकुण्ड नगरपालिकास्थित तिंलासम्म बनेको छ । यसको लम्बाइ ९० किलोमिटर छ भने तीनसय दुईवटा टावर छन् । यही कोरिडोरअन्तर्गत तिंलामा १३२–३३ केभी, ३० एमभिए र ३३–११ केभी, ८ एमभिए क्षमताको सबस्टेशन निर्माण गरिएको छ ।

सोलु करिडोरमार्फत् मिर्चैयाबाट पूर्वतर्फ पठाएर सप्तरी, सुनसरी, मोरङ लगायत जिल्लामा आपूर्ति गर्न तथा बढी भएको विद्युत् ढल्केबर सबस्टेशनबाट भारततर्फ निर्यात गर्न पनि सजिलो हुने प्राधिकरणले जनाएको छ ।

यो प्रसारण लाइनको निर्माणले विद्युत् चुहावट कम हुने पनि प्राधिकरणले जनाएको छ ।


प्रतिक्रिया

One thought on “सोलु करिडोर प्रसारण लाइन: नेपाललाई के फाइदा हुन्छ ?

  1. राजधानी। साझा शेर बहादुर देउवा र भारतीय छवि नरेंद्र मोदीले आज संयुक्त रूपमा उद्घाटन गरे ‘सोलु कराडोर विद्युत प्रसारण लाइन’ विद्युत् व्यापारका लागि महत्वपूर्ण परियोजना हो। किन यस्तो अशुद्ध हुन्छ लेख?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर