प्रभु लाइफ इन्स्योरेन्सको संचालक समितिको अध्यक्षमा अमात्य नियुक्त – Nepal Press

प्रभु लाइफ इन्स्योरेन्सको संचालक समितिको अध्यक्षमा अमात्य नियुक्त

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको संचालक समितिको अध्यक्षमा सुभाष अमात्य नियुक्त भएका छन् ।

बुधबार बसेको संचालक समितिको बैठकले संस्थापक शेयरधनीहरुबाट संचालकमा प्रतिनिधित्व गरेका सुभाष अमात्यलाई संचालक समितिको अध्यक्षमा चयन गरेको हो ।

नवनियुक्त अध्यक्षले बुधबार बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट सपथ ग्रहण गरी कार्यभार सम्हाले ।
यस अघि अध्यक्ष रहेका डा.आत्माराम घिमिरेले बुधबारदेखिनै लागु हुने गरी व्यक्तिगत कारणले राजीनामा दिएका थिए ।

२०७४ मंसिर २८ गतेबाट संचालनमा आएको यस कम्पनीले देशभरका १०० वटा शाखा÷उपशाखा कार्यालयहरुबाट जीवन बीमा व्यवसाय संचालन गर्दै आइरहेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *