बैंकिङ सेवा नहुँदा जुनीचाँदेका वासिन्दालाई सास्ती – Nepal Press

बैंकिङ सेवा नहुँदा जुनीचाँदेका वासिन्दालाई सास्ती

सुर्खेत । कर्णाली प्रदेशको जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिकामा अहिलेसम्म पनि बैंक पुग्न सकेको छैन ।

जुनीचाँदेमा बैंकिङ सेवा सुरु हुन नसक्दा त्यहाँका स्थानीय सदरमुकाम खलंगामा रहेको कृषि विकास बैंकबाट भुक्तानी लिनुपर्ने अवस्था आएको छ । जुनिंचाँदे गाउँपालिकामा कृषि विकास बैंक स्थापना हुने भनिएपनि लामो समयसम्म पनि स्थापना हुन सकेको छैन ।

स्थानीय दिपक शाहीले भने, ‘हामीले सानो काम पर्दा पनि सदरमुकाम जानुपर्ने बाध्यता कायमै छ । पालिकामा बैंक नहुँदा नागरिकले झन्झट व्यहोर्नु परिरहेको छ ।’

कर्णालीमा अहिले कुल कर्जाको १० प्रतिशत मात्रै कर्जा लगानी रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यहाँका झन्डै १० लाख नागरिकले अहिलेसम्म बैंक खाता खोलेका छैनन् ।

कुल जनसंख्या १८ लाख मध्ये ८ लाख २८ हजारको मात्र बैंक खाता रहेको पाइएको छ । सरकारले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत मात्र वितरण गर्न लागेपछि यो संख्या बढेको हो ।

यसमा संस्थागत खाता र एउटै व्यक्तिले २/३ वटा बैंकमा खोलेको खाता पनि समावेश गरिएको नेपाल राष्ट्र बैकंका आर्थिक अनुसनधान विभागका निर्देशक माधव दंगालले बताए । उनका अनुसार कर्णालीका १० जिल्लामा झन्डै साढे ५९ अर्ब रुपैयाँ बचत छ भने अहिले ५ सय १३ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ ।

कर्णालीको राजधानी समेत रहेको सुर्खेतमा ‘क’ वर्गका बैंकको संख्या ५२ छन भने कर्णालीमा ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्था मात्रै २ सय २७ छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर