बैतडीमा ज्येष्ठ नागरिकको गाउँमै निःशुल्क उपचार – Nepal Press

बैतडीमा ज्येष्ठ नागरिकको गाउँमै निःशुल्क उपचार

बैतडी । स्वास्थ्य कार्यालय बैतडीले ज्येष्ठ नागरिकको गाउँमै निःशुल्क उपचार गर्ने भएको छ । जिल्लका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरी दुर्गमका ज्येष्ठ नागरिकलाई गाउँमै निःशुल्क उपचार गर्न लागिएको हो ।

चैत १६ गते शिवनाथ गाउँपालिकाको सुल्लेखान, चैत १८ गते दोगडाकेदार गाउँपालिकाको सिल्लेगडा र चैत २० गते सिगासको गाँजरी स्वास्थ्य चौकीमा शिविर सञ्चालन गर्न लागिएको  स्वास्थ्य कार्यालय जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिए ।

ती शिविरमा ज्येष्ठ नागरिकहरुको स्वास्थ्योपचार र औषधि वितरण गरिने जनाइएको छ ।   शिविरमा अपाङ्गता भएका व्यक्तिको  चिकित्सकद्वारा स्तर निर्धारण गरी सम्बन्धित स्थानीय तहमा सिफारिस गरिने उनको भनाइ छ ।  शिविरमा आएर निःशुल्क स्वास्थ्य जाँच गराउन आग्रह गरिएको छ । यसैबीच  जिल्ला अस्पतालमा यही चैत १९ देखि २३ गतेसम्म निःशुल्क शल्यक्रिया शिविर सञ्चालन हुने पनि उनले जनाए ।

अस्पतालका सूचना अधिकारी हरिश पन्तका अनुसार शिविरमा वरिष्ठ हाडजोर्नी विशेषज्ञले सेवा दिनेछन् । शिविरमा खुट्टाका पैताला फर्केका, जन्मजात हातखुट्टा बाङ्गिएका, हातमा आगोले पोलेका र हातखुट्टामा अन्य विकृतिजन्य समस्या भएकाको उपचार गरिनेछ ।

नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतल बैतडीको संयुक्त आयोजना शिविर सञ्चालन हुने बताइएको छ । शिविरमा आएर सेवा लिनसमेत जिल्ला अस्पतालले आग्रह गरेको छ । हाडजोर्नीको समस्या भएर अर्था भावमा उपचारबाट वञ्चित भएका नागरिकलाई उक्त सेवा लिन अस्पतालले आग्रहसमेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर