रामकाेट घटना: चारजनाकाे भेन्टिलेटरमा उपचार हुँदै, सुसाइड नाेट भेटियाे – Nepal Press

रामकाेट घटना: चारजनाकाे भेन्टिलेटरमा उपचार हुँदै, सुसाइड नाेट भेटियाे

काठमाडौं । काठमाडौंको रामकोटमा घरभित्र बेहोस अवस्थामा फेला परेका ५ जनामध्ये एक जनाको मृत्यु भएको छ भने ४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ।

एक जनाको सोमबार राति नै मृत्यु भएको थियो। बेहोस अवस्थामा फेला परेलगत्तै प्रहरीले मनमोहन मेमोरियल अस्पतालमा तत्कालै पुर्‍याएको थियो । उपचारका क्रममा ३३ वर्षीय सुवर्णमान प्रधानको मृत्यु भएको हो।

६२ वर्षीय इन्दिरामाया प्रधान, उनका छोरा ३८ वर्षीय भीममान प्रधान, बुहारी ३५ वर्षीया इन्दिरा प्रधान र नातिनी ११ वर्षीया सुप्रिया प्रधानको अवस्था गम्भिर रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीले जानकारी दिए।

डल्लु स्थायी घर भएका प्रधान परिवार गत कात्तिकमा मात्र रामकोटमा डेरा सरेका थिए। उनीहरु फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए। घटनास्थलबाट सुसाइड नोट पनि फेला परेको प्रहरीले जनाएको छ। आर्थिक अवस्था बिग्रिएको, विरामी भएको लगायत विषय सुसाइड नोटमा उल्लेख रहेको स्रोतले जानकारी दियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर