रुस-युक्रेनबीच पहिलो चरणको वार्ता सकियो, रुसले स्वीकारेन युद्धविराम – Nepal Press

रुस-युक्रेनबीच पहिलो चरणको वार्ता सकियो, रुसले स्वीकारेन युद्धविराम

काठमाडौं । युक्रेन संकटलाई लिएर युक्रेन र रुसी अधिकारीहरुबीच सम्पन्न पहिलो चरणको वार्ता सकिएको छ । युक्रेन र बेलारुसको सीमामा भएको सो वार्ताले खासै नतिजा नल्याएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

थप परामर्श गरेर फेरि दोस्रो चरणको वार्ता गर्ने सहमति भएको थियो । वार्तामा युक्रेनले युद्धविरामको प्रस्ताव गरेको र रुसले त्यसलाई ठाडै अस्वीकार गरेको बताइएको छ ।

दोस्रो चरणको वार्ता अघि दुवै देशका अधिकारी थप छलफलका लागि सम्बन्धित देशको राजधानी फर्किएको युक्रेनी राष्ट्रपतिका सल्लाहकारले जनाएका छन् ।

तत्काल युद्धविराम गर्न र रुसी फौजलाई फिर्ता गर्ने विषयमा छलफल गर्ने उदेश्यसहित दुई पक्षबीच वार्ता भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर