वित्तीय साक्षरता सञ्चालन गर्न नेसनल बैंकिङ्ग इन्स्टिच्युटसँग सनराइज बैंकको सहकार्य – Nepal Press

वित्तीय साक्षरता सञ्चालन गर्न नेसनल बैंकिङ्ग इन्स्टिच्युटसँग सनराइज बैंकको सहकार्य

काठमाडौं । सनराइज बैंकले नेसनल बैंकिङ्ग इन्स्टिच्युटसँग सहकार्य गरेको छ । नेपाल राष्ट्र बैंकले प्राथमिकतामा राख्दै आएको वित्तीय साक्षरता कार्यक्रमलाई समाजका व्यक्तिहरुमा पुर्‍याउने उद्देश्य अनुसार सनराइज बैंकले देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम गर्ने भएको छ ।

सनराइज बैंक र नेसनल बैंकिङ्ग इन्स्टिच्युटबीच वित्तीय साक्षरताका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सहमतिपत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणा र नेशनल बैंकिङ्ग इन्स्टिच्युटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार लमसालले हस्ताक्षर गरेका छन् ।

सो सहमतिपत्र अन्र्तगत विभिन्न प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ । बैंकका गतिविधिहरूको एक हिस्साको रूपमा र वित्तमा पहुँचसम्बन्धी चेतना जगाउने उद्देश्यले देशव्यापी वित्तिय साक्षरता कार्यक्रमहरू गर्नका लागि सो सहमती गरेको हो ।

वित्तीय साक्षरताको अभावमा मानिसहरुले असुरक्षित आर्थिक कारोबार गर्न नपरोस् । बैंक तथा वित्तीय क्षेत्रमा सम्पूर्ण व्यक्तिहरुको पहुच पुर्‍याउने र डिजिटल कारोबारका बारेमा व्यक्तिहरु अभ्यस्त बनाउने लगायतका उद्देश्य साथ वित्तीय साक्षरता कार्यक्रम गर्न लागेको बैंकको नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर