विद्यार्थी नेतालाई शैक्षिक मुद्दामा केन्द्रित हुन अध्यक्ष बरालको निर्देशन – Nepal Press

विद्यार्थी नेतालाई शैक्षिक मुद्दामा केन्द्रित हुन अध्यक्ष बरालको निर्देशन

कैलाली । अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष सुनिता बरालले संगठन विस्तार तीव्र गतिमा अगाडि बढाउन र अनेरास्ववियुलाई शैक्षिक मुद्दाहरूमा केन्द्रित गराउन निर्देशन दिएकी छन्

सुदूरपश्चिम प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै बरालले पछिल्लो समय शिक्षामा देखिएका समस्याहरूका विषयमा चासो दिन निर्देशन दिएकी हुन् ।

कञ्चनपुर पुनर्वासको सहिद गोविन्द गौतम पार्कमा सम्पन्न बैठकमा एमाले पोल्युटब्यूरो सदस्य राजेन्द्र रावल, केन्द्रीय कमिटी सदस्य कमला बोहरा, अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष मोति विक ,कंचनपुर जिल्ला उपसचिव कर्ण चन्दलगायत अनेरास्ववियुका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

बैठकमा हालसम्मका संगठनका गतिविधिको बारेमा छलफल भएको थियो । प्रत्येक जिल्ला कमिटीले एक कमिटी, एक प्रशिक्षण कार्यक्रम संचालन गर्ने , फागुन मसान्तभित्र सम्पूर्ण जिल्ला कमिटीहरूले जिल्ला सम्मेलन सम्पन्न गर्ने र प्रदेश कमिटीले मिती तय गरेर पठाउने निर्णय गरिएको छ ।

स्ववियु निर्वाचन गराउन क्याम्पस क्याम्पसमा दबाबमूलक कार्यक्रम गर्ने, क्याम्पसमा सदस्यता प्रदान तीव्र गतिमा अगाडी बढाउने, प्रदेश कमिटीको कार्यालय धनगढीमा उद्घाटन गर्ने समेत निर्णय गरिएको प्रदेश सचिव मनोज राईले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर