४ सय किलो गाँजासहित उदयपुरबाट तीन जना पक्राउ – Nepal Press

४ सय किलो गाँजासहित उदयपुरबाट तीन जना पक्राउ

उदयपुर । उदपुयरको बेलका नगरपालिका आठ सिरुवानीवाट ठूलो परिणामको लागूऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध गाँजाको ओसार पसार तथा कारोवार भईरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बिहीबार ४ सय किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बेलका नगरपालिका ८ का २७ वर्षका गोकुल राई, बेलका नगरपालिका ७ का २९ वर्षका मनोज राई र बराहक्षेत्र नगरपालिका १ सुनसरीका २३ वर्षका मनिष धामी रहेका छन् ।

उनीहरुलाई को १ ज २७६१ नम्बरको पिकअपमा गाँजा ओसार पसार गरिरहेको अवस्थामा पिकअपसहित पक्राउ गरिएको प्रदेश नम्बर १ प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्तासमेत रहेकधा प्रहरी उपरीक्षक (एसपी) नविनराज राईले जानकारी दिए ।

उनीहरुको साथबाट प्रहरीले नगद ६३ हजार २५ रुपैयाँ समेत बरामद गरेको छ । गाँजा सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रवक्ता राईले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर