प्राङ्क भिडिओ बनाउने आकाश सेढाईं पक्राउ – Nepal Press

प्राङ्क भिडिओ बनाउने आकाश सेढाईं पक्राउ

काठमाडौं । आफूलाई प्राङ्कस्टर बनाउने आकाश सेढाईंलाई प्रहरीले पक्राउ गरेको छ । सार्वजनिक स्थलमा प्राङ्कका नाममा सर्वसाधारणलाई मानसिक सास्ति दिएर त्यसको भिडियो बनाइ युट्यूवमा हालेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट जारी प्रेस विज्ञप्तिमा आकाशले विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेको जनाइएको छ । उनलाई जिल्ला अदालत काठमाडौंबाट ३ फागुनमा पक्राउ अनुमति लिएर पक्राउ गरी सोही अदालतको आदेश अनुसार सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

झापा विर्तामोड घर भएका २७ वर्षिय सेढाईंले लामो समयदेखि प्राङ्क भिडियो बनाउने कार्य गर्दै आएका छन् । ५ लाख भन्दा बढी फलोअर्स भएको नेपाली प्राङ्कस्टर नाम युट्युव च्यानलमा उनका सयौं भिडियोहरु अपलोड भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *