कांग्रेस संसदीय दलको बैठक बस्दै, एमसीसी र महाअभियोगबारे छलफल हुने – Nepal Press

कांग्रेस संसदीय दलको बैठक बस्दै, एमसीसी र महाअभियोगबारे छलफल हुने

काठमाडौं । एमसीसी र प्रधानन्यायाधीशविरुद्धको महाअभियोगबारे निर्णय लिन सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ । बैठक आज बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक बस्नेछ ।

भोलिको संसदमा एमसीसी टेबल गर्नेबारे कांग्रेस आज निर्णय लिनसक्ने बताइएको छ । त्यस्तै सत्ता गठबन्धनमा आबद्ध तीन दलका तर्फबाट संसद सचिवालमा दर्ता गराइएको प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

हिजो बसेको एमालेबिनाको बैठकले एमालेबिनै संसद खुलाउन पहल गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर