चुनावअघि सबै मतदान केन्द्रमा उच्च गतिको इन्टरनेट पुर्‍याउने सरकारको तयारी – Nepal Press

चुनावअघि सबै मतदान केन्द्रमा उच्च गतिको इन्टरनेट पुर्‍याउने सरकारको तयारी

काठमाडौं । सरकार यतिबेला निर्वाचन तयारीमा जुटेको छ । आगामी बैशाख ३० गतेको लागि स्थानीय निकायको निर्वाचन गर्ने तयारी छ । तर, चुनावअघि देशभरका मतदान केन्द्रमा उच्च गतिको इन्टरनेट सुविधा पु¥याउन सरकार जुटेको छ । सोहीअनुसार निर्वाचन आयोगको आग्रहमा दूरसञ्चार प्राधिकरणले तयारी अगाडि बढाएको छ ।

२०७९ वैशाख ३० गते ७५३ वटै स्थानीय तहमा एकसाथ निर्वाचन गर्ने घोषणा सरकारले गरेको छ । सोहीअनुसार देशभरका सम्पूर्ण मतदान स्थलमा इन्टरनेट पुर्‍याउन लागिएको हो ।

अहिले दूरसञ्चार प्राधिकरणको ब्रोडब्यान्ड परियोजनाअन्तर्गत सबै स्थानीय तह, वडा कार्यालय, माध्यामिक विद्यालय र स्वास्थ्य संस्थामा इन्टरनेट जडान गर्ने काम सकिने तयारीमा छ । प्राधिकरणका अनुसार अधिकांश मतदान केन्द्रमा इन्टरनेट सुविधा पुगिसकेको छ । प्राधिकरणको पूर्वाधार महाशाखा प्रमुख सुरेन्द्रलाल हाडाले मतदान स्थलमा विशेष कार्यक्रम बनाएर इन्टरनेट कार्यक्रमलाई अघि बढाइएको बताए ।

‘अप्टिकल फाइबर र फोरजी सेवा समेत नपुगेका मतदान केन्द्रमा भीस्याटबाट भए पनि इन्टरनेट पुर्‍याउने हाम्रो योजना छ’ हाडाले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर