कोरोनाले बिर्सने समस्या बढ्यो : स्मरण शक्ति बढाउन यस्ता छन् विज्ञका टिप्स – Nepal Press

कोरोनाले बिर्सने समस्या बढ्यो : स्मरण शक्ति बढाउन यस्ता छन् विज्ञका टिप्स

काठमाडौं । पछिल्लो दुई वर्षमा कोरोनाभाइरस महामारीले हामी सबैको स्मरण शक्तिलाई कमजोर बनाएको छ । जसका कारण मानिसले महत्त्वपूर्ण कामहरु बिर्सने समस्या बढ्दै गएको विज्ञ बताउँछन् ।

बेलायतको केन्ट युनिभर्सिटीका मनोविज्ञानका वरिष्ठ प्राध्यापक अमिर हुमायुन जावादीले भने, ‘ मानिसले जीवन बिताउने परिस्थितिलाई अनुकूल बनाउने बानी रहेको छ । कोरोनाका कारण मानिसहरूले पछिल्ला दुई वर्षदेखि जीवनमा धेरै योजना बनाएका छैनन् । त्यसकारण मानिसहरुको स्मरण शक्ति र ध्यान केन्द्रित गर्ने क्षमतामा नकारात्मक असर पारेको छ ।’

क्यालिफोर्निया विश्वविद्यालयका न्यूरोबायोलोजीका प्रोफेसर माइकल यासाले भने, ‘मेमोरी भनेको तस्बिर खिचेर सम्झनु मात्र होइन। मेमोरी एक पल जिएपछि बन्छ । कोरोना महामारीले गर्दा मानिसहरुलाई मेमोरी बनाउन निकै गाह्रो भएको छ । त्यसैले उनीहरुलाई कुनै पनि कुरा याद नगर्ने बानी परेको छ ।’

भाइरस वा महामारी चिन्ताको कारणले स्मरणशक्ति बढाउनको लागि होस् या हाम्रो जीवनशैली परिवर्तनले हामीलाई हाम्रो दिमाग निको पार्न मद्दत गर्न सक्छ। स्मरणशक्ति राम्रो बनाउन विज्ञले यी ६ टिप्स अपनाउन भनेका छन् :

१. समयमै सुत्नुहोस्

२. दैनिक कम्तिमा २० मिनेट व्यायाम गर्नुहोस्

३. पौष्टिक आहार खानुहोस्

४. मानिसहरूसँग अन्तरक्रिया–कुराकानी गर्नुहोस्

५. हरेक दिन केहि नयाँ सिक्ने प्रयास गर्नुहोस्


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर