सहकारीमा निक्षेपकर्ताको रकम आफन्तलाई ऋण दिएका महर्जन पक्राउ – Nepal Press

सहकारीमा निक्षेपकर्ताको रकम आफन्तलाई ऋण दिएका महर्जन पक्राउ

काठमाडौं । कालिमाटीस्थित साइनिङ स्टार सेभिङ एन्ड क्रेडिट को-अपरेटिभको ठगी प्रकरणमा दोषी ठहर भएका तत्कालिन लेखा समिति संयोजक पञ्चमान महर्जन पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले ४८ वर्षीय महर्जनलाई स्वयंम्भुबाट पक्राउ गरेको हो ।

काठमाडौं जिल्ला अदालतले २०७३ सालमा महर्जनलाई ६ महिना कैद र ३५ लाख ६८ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो ।

निक्षेपकर्ताले जम्मा गरेको रकम फिर्ता नगरेर उनले संस्थाका पदाधिकारी र सञ्चालकलाई समेत लाभ हुनेगरि तोकिएको प्रयोजनभन्दा बाहेक व्यापारिक र आफन्तलाई ऋण दिएको र असुल गर्दासमेत त्रुटी गरेको पुष्टी भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर