क्वालिटी लाइफ इन्डेक्सः कुन देशमा जीवनयापन सहज ? – Nepal Press

क्वालिटी लाइफ इन्डेक्सः कुन देशमा जीवनयापन सहज ?

संसारमा धेरै मानिसहरु सहज जीवन बिताउन मात्र होइन मृत्यु पनि सहज होस भन्ने चाहान्छन् । हामी सबै यो चाहान्छौ की एउटा राम्रो जिवन बिताएपछि हाम्रो सास पनि आरामसँग रोकियोस् तर उच्च आय भएका देशका जनताका लागि यो यथार्थ भए पनि न्यून आय भएका देशका जनताका लागि यो सपना मात्रै हो ।

हालै वैज्ञानिकहरूले क्वालिटी अफ डेथ एन्ड डाइङ इन्डेक्स २०२१ मार्फत यस्तो किन हुन्छ भनेर यसको जवाफ दिएका छन् । यसबारेमा अमेरिकाको ड्युक युनिभर्सिटीका शोधकर्ताहरुले अध्ययन गरेका हुन् । विश्वका ८१ देशलाई जीवनको अन्तिम क्षणको आधारमा ए, बी, सी, डी, ई, एफ ग्रेड दिइएको छ । प्रतिवेदनमा ६ देशले मात्र ‘ए’ ग्रेड पाएका छन् भने २१ देशले ‘एफ’ ग्रेड पाएका छन् ।

सूचीको शीर्षमा कुन देशहरू छन् ?

अध्ययनका अनुसार यो सूचकांकमा बेलायत पहिलो स्थानमा छ। यसबाहेक आयरल्यान्ड, ताइवान, कोस्टारिका, दक्षिण कोरिया र अष्ट्रेलियाले पनि ‘ए’ ग्रेड पाएका छन् । रिपोर्टका अनुसार यी देशहरूमा बस्ने मानिसहरूले आफ्नो अन्तिम दिनमा पनि राम्रो शारीरिक र मानसिक स्याहार पाउँछन् ।

कुन देशमा सबैभन्दा खराब

पाराग्वेलाई ८१औँ स्थानमा राखिएको छ किनकी यहाँका मानिसहरुले अन्तिमसम्म पनि आरामको सास फेर्न पाउदैनन् । बंगलादेश, लेबनान, हाइटी, ब्राजिल, सेनेगल, पोर्चुगल, दक्षिण अफ्रिका, आर्मेनिया, अर्जेन्टिना, नेपाल, सुडान, मलेसिया, इथियोपिया र इराक पनि ‘एफ’ ग्रेड सूचीमा छन् ।

यस सूचकाङ्कमा भारत ‘डी’ ग्रेडसहित ५९औँ स्थानमा छ । भारतबाहेक चीन, रुस, ग्रीस, इन्डोनेसिया, चिली, जर्जिया, भियतनाम र मेक्सिकोले पनि ‘डी’ ग्रेड पाएका छन् । अचम्मको कुरा, अमेरिका ‘सी’ ग्रेड हुँदा पनि ४७ औं स्थानमा छ। अमेरिकासँगै कोलम्बिया, म्यानमार, मेक्सिको, थाइल्याण्ड, इजिप्ट, घाना, इजरायल, युगान्डा, डेनमार्क र नाइजेरिया पनि ‘सी’ ग्रेडमा परेका छन् ।

राम्रो ग्रेड भएका देशहरू

अनुसन्धानकर्ता स्टीफन कोनर भन्छन्, ‘उच्च आय भएका देशहरूलाई राम्रो ग्रेडमा समावेश गर्नु कुनै संयोग होइन। यहाँका सरकारहरूले अन्य देशको तुलनामा नागरिकको स्वास्थ्यमा बढी खर्च गर्छन्। जुन देशको ग्रेड राम्रो छैन त्यो देशको सरकारले नागरिकको स्वास्थ्यमा बढी ध्यान दिन जरुरी छ । उच्च आय भएका देशको तुलनामा यहाँ उपलब्ध स्वास्थ्य सुविधाको एक तिहाइभन्दा कम छ ।

अमेरिकाको उदाहरणबाट सिक्नुहोस् – पैसा सबै कुरा होइन

अनुसन्धानकर्ता कोनर र एरिक फिन्केलस्टेन भन्छन्, ‘धेरैजसो ‘ए’ ग्रेड देशहरुको अर्थतन्त्र बलियो हुन्छ , पैसा नै सबैकुरा होइन ।’ उनले अमेरिकाको उदाहरण दिँदै पैसा भएपनि जीवनको अन्तिम दिन आफ्नो राम्रो हेरचाह हुने ग्यारेन्टी हुँदैन । तपाई जुन समाजमा बस्नुभएको छ त्यो समाजमा अन्तिम हेरचहा कसरी हुन्छ त्यो महत्वपूर्ण हो । विकसित र विकासोन्मुख दुवै मुलुकमा यो अवस्था राम्रो छैन ।

उनका अनुसार मानिसहरु आफ्नो जीवन जिउन सहज होस भनेर धेरै पैसा खर्च गर्दछन् । त्यसैले जीवनको अन्तिम पलहरु आफ्नो रोजेको ठाउँमा बिताउन चाहान्छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर