राजश्व चुहावट मुद्दामा उमा शंकरको धरौटी घटाइयो, ११ महिनापछि छुट्दै – Nepal Press

राजश्व चुहावट मुद्दामा उमा शंकरको धरौटी घटाइयो, ११ महिनापछि छुट्दै

काठमाडौं । राजस्व चुहावट मुद्दामा उमा शंकर रायविरुद्ध उच्च अदालत पाटनले माग गरेको ७५ लाख रुपैयाँ धरौटी सर्वोच्च अदालतले २५ हजार रुपैयाँमा झारेको छ।

न्यायाधीशद्वय सपना मल्ल प्रधान र विश्वम्भरप्रसाद श्रेष्ठको स‌ंयुक्त इजलासले शुक्रबार उक्त आदेश दिएको हो । यसअघि राजश्व अनुसन्धान विभागले दायर गरेको मुद्दामा उच्च अदालत पाटनले रायसँग ७५ लाख धरौटी मागेको थियो ।

रायको नाममा ब्लु क्रस ट्रेडर्स र जेएन सप्लायर्स दर्ता भए पनि त्यस कम्पनीको खाता अन्य व्यक्तिले चलाउने गरेको निष्कर्ष निकाल्दै संयुक्त इजलासले उच्च अदालतको थुनछेक आदेशलाई संशोधन गरेको हो ।

५ कक्षासम्म मात्र अध्ययन गरेका, सामान्य आर्थिक हैसियत भएका रायल‍े ती कम्पनी सञ्चालन गर्ने अवस्था नरहेको र उनको नागरिकतालाई अन्य व्यक्तिले प्रयोग गरी लाभ लिएको सर्वोच्चको आदेशमा उल्लेख छ ।

२०७७ फागुनदेखि उनी कारागारमा छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर