लक्षित जनसंख्यामध्ये ७० प्रतिशतले लगाए कोभिडविरुद्धको पूर्ण मात्रा खोप – Nepal Press

लक्षित जनसंख्यामध्ये ७० प्रतिशतले लगाए कोभिडविरुद्धको पूर्ण मात्रा खोप

काठमाडौं । लक्षित जनसंख्यामध्ये ७० प्रतिशतले कोरोनाभाइरसविरुद्ध पूर्ण मात्रा खोप लगाएको सरकारले जनाएको छ । जसमध्ये ८३ प्रतिशतले पहिलो मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाले शुक्रबार विज्ञप्ति जारी गर्दै मुलुकमा अहिलेसमम ४ करोड २० लाख ४९ लाख ६४० मात्रा खोप आइपुगेको र जसमध्ये ३ करोड ६ लाख ४ हजार १५२ मात्रा खोप प्रयोग भईसकेको जानकारी उनले दिए ।

अहिलेसम्म १२ वर्षदेखि १७ वर्षका १८ लाख ७२ हजार ६७० जना बालबालिकाले पहिलो मात्रा र ३ लाख ५८ हजार २१८ जना बालबालिकाले पूर्णमात्रा खोप लगाइसकेको मन्त्री खतिवडाले जनाएका छन् ।

अग्रपक्तिमा रहेर काम गर्नुपर्ने पेशाका झण्डै तीन लाखलाई अतिरिक्त मात्रा खाप लगाइसकिएको छ । साथै नेपाल कोभिड–१९ विरुद्धको खोप अभियान शुरुवात गर्ने विश्वका सीमित देशमध्ये अगाडि रहेको पनि मन्त्री खतिवडाले जनाएका छन् ।

तेस्रो लहरमा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै केभिड–१९विरुद्धको खोप लगाउन बाँकी रहेका उमेर समूहलाई समेत खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ ।

सरकारले एकवर्ष अगाडि आजकै दिनबाट पहिलो पटक अग्रपक्तिमा रहेर काम गर्नेहरूका लागि खोप अभियान थालेको थियो । यो एक वर्षमा नेपालमा काभिसिल्ड, अस्ट्राजेनका, भरोसेल, जोन्सन एण्ड जोन्सन, मोडर्ना, फाइजर खोप प्रयोगमा आएका छन् ।

मन्त्रालयले खोप अभियानलाई सहजीकरण गर्ने केन्द्र, प्रदेश, स्थानीय तह, राष्ट्रिय अन्तराष्ट्रिय संघसंस्था, निकाय, जनप्रतिनिधि, खोप व्यवस्थापन तथा समन्वयमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारी, आमसन्चार माध्यम, आमसर्वसाधारणमा आभार प्रकट गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर