मन्त्री रेणुले भनिन्- मुठभेड र हिंसाबाट जोगाउन मैले दिएको अभिव्यक्तिलाई बंग्याइयो – Nepal Press

मन्त्री रेणुले भनिन्- मुठभेड र हिंसाबाट जोगाउन मैले दिएको अभिव्यक्तिलाई बंग्याइयो

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले आफ्नो अभिव्यक्ति कसैप्रति लक्षित गरेर हिंसा मच्चाउने नभए पनि भ्रम पर्न गएको भन्दै दुःख व्यक्त गरेकी छन् ।

उनले आफ्नो अभिव्यक्तिलाई सामान्यरूपमा लिइदिन अनुरोधसमेत गरेकी छन् । मन्त्री यादवले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै बलिदान दिवसका अवसरमा आफूले गौरमा भएको श्रद्धान्जली सभामा कसैलाई लक्षित गरेर नबोलेको दाबी गरेकी छन् ।

मन्त्री यादवको वक्तव्यमा भनिएको छ, ‘त्यस सभामा मैले दिएको अभिव्यक्ति कसैप्रति लक्षित,किुनै पुर्वाग्रह वा दुराशयपूर्ण मानसिकताबाट नभइ आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन दिएको अभिव्यक्तिलाई पछिल्लो समय पूर्वाग्रहणपूर्ण ढंगले आ-आफ्नो तरिकाले अपव्याख्या गरेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’

गौरमा माघ ५ गते आयोजित कार्यक्रममा उनले सीके राउतको नामै लिएर गौर राइसमिलमा भएको घटना दोहोर्‍याउने चेतावनी दिएकी थिइन् । राइसमिलमा २०६३ चैतमा यादवकै पार्टीले तत्कालीन माओवादीका २७ कार्यकर्ताको हत्या गरेको थियो ।

मन्त्री यादवको सो अभिव्यक्तिपछि उनलाई मन्त्रीबाट हटाउन दबाब बढिरहेका बेला यो वक्तव्य आएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर