एमडी प्रवेश परीक्षामा सहभागी नक्कली परीक्षार्थीसहित ३ भारतीय पक्राउ – Nepal Press

एमडी प्रवेश परीक्षामा सहभागी नक्कली परीक्षार्थीसहित ३ भारतीय पक्राउ

काठमाडौ‌ । चिकित्सा शिक्षा आयोगले लिने एमडी/एमएसको प्रवेश परीक्षामा सहभागी नक्कली परीक्षार्थीसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीहरुलाई काठमाडौ‌बाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नक्कली परीक्षार्थी भारतको उत्तर प्रदेश घर भएका ३० वर्षीय जितेन्द्रकुमार मिश्रा, बिचौलियाका रुपमा सहयोग गर्ने भारतको विहार घर भएका ३४ वर्षीय शशि भुषण सिंह र परीक्षामा अमर्यादित गतिविधी गर्ने बिहारकै ३२ वर्षीय कृष्ण मुरारी रहेका छन् ।

शिक्षा ऐन,२०२८ अनुसार उनिहरुमाथी अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । शनिबार सञ्चालन भएको परीक्षामा सहभागी मिश्रा नक्कली परीक्षार्थी भएको सीआईबीको दावी छ ।

मिश्रा भारतीय चिकित्सक हुन् । उनले एक नेपालीको नाममा प्रवेश परीक्षा दिइरहेको बताइएपनि सीआईबीले ती व्यक्तिको परिचय गोप्य राखेको छ ।

पक्राउ परेका मुरारी भने सक्कली परीक्षार्थी हुन् ।

सीआईबी प्रवक्ता श्याम महतोले कस्तो ‘डील’मा मिश्राले परीक्षा दिएका थिए भन्नेबारे अनुसन्धान भइरहेको बताए ।


प्रतिक्रिया

One thought on “एमडी प्रवेश परीक्षामा सहभागी नक्कली परीक्षार्थीसहित ३ भारतीय पक्राउ

  1. खै ती mbbs महासयको पनि नाम थर ठेगाना किन गोप्य राख्नुपर्ने आफ्नो मान्छे भएकालेे हो कि के हो ? कि ब्रह्माजीको टाउको र काँध बाटै जन्मेका परेछन कि के हो? अरु ठाउँ बाट जन्मेकाको त समाचारमा इति बृतिनै पढ्न पाइन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर