नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको स्कार्पियो दुर्घटना, ७ जना घाइते


चितवन । नारायणगढ मुग्लिन सडकखण्ड स्थित ३ नम्बर पुलमा स्कार्पियो गाडी दुर्घटनामा खसेको छ । इच्छाकामना गाउँपालिका-६ स्थित ३ नम्बर पुलनजिकै सवारी दुर्घटनामा परेको हो ।
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा. १३ च ४३६५ नम्बरको स्कार्पियो सडकबाट ६० मिटर तल नदीमा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भगवानराज थापाले जानकारी दिए ।
स्कार्पियोमा सवार चालक सहित ७ जना घाइते भएको उनले बताए । उनीहरुलाई उपचारका लागि भरतपुर ल्याइँदै छ । स्कार्पियो आज साँझ साढे ५ बजे अनियन्त्रित भएर दुर्घटनामा परेको हो । घाइते मध्ये केहीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइतेको परिचय खुल्न बाँकी छ ।