उत्तर कोरियाको घोषणा : सन् २०२२ को मुख्य प्राथमिकता अर्थतन्त्र सुधार – Nepal Press

उत्तर कोरियाको घोषणा : सन् २०२२ को मुख्य प्राथमिकता अर्थतन्त्र सुधार

प्योङआङ । उत्तर कोरियाले सन् २०२२ मा मुुलुकको अर्थतन्त्र सुधारलाई मुख्य प्राथमिकतामा राख्ने भएको छ । बाँच र मरको संघर्षमा मुलुक आइपुगेको भन्दै सर्वोच्च नेता किमजोङ उनले अर्थतन्त्रलाई राष्ट्रिय प्राथमिकतामा राख्ने घोषणा गरेका छन् ।

सत्ता सम्हालेको १० वर्ष पुगेको छेकोमा बोलाइएको पार्टीको प्रमुख बैठकमा उनले सो कुरा बताएका हुन् । गतवर्ष कोरोनाभाइरस संक्रमण रोकथामविरुद्ध लगाइएको सीमा बन्दको कारण उत्तर कोरियाले खाद्य संकटको सामना गर्नु परिरहेको छ ।

सो अवसरमा बोल्दै उनले अमेरिका र दक्षिण कोरियाको नाम चाहिँ लिएनन् । जनताको जीवस्तर सुधार्नु र विकास गर्नु नै पार्टीको कार्यभार रहेको समेत उनले बताए ।

खाद्य संकट मुलुकको वास्तविक यथार्थ रहेको बताउँदै उनले नागरिकको खाना, बसोबास र लुगाको समस्या समाधान गर्न क्रान्तिकारी निर्णय गर्नुपर्ने बताए । आउने वर्ष महामारीविरुद्धको लडाइलाई केन्द्रमा राखिने समेत उनले बताए ।

साथै, उनले उत्तर कोरियाली सेनाको प्रतिरक्षा शक्तिलाई पनि क्रमशः विस्तार गर्ने उनले जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर