हड्ताली न्यायाधीशको किर्ते प्रकरण- न्याय परिषदलाई दोष दिएर उम्किने प्रयास – Nepal Press

हड्ताली न्यायाधीशको किर्ते प्रकरण- न्याय परिषदलाई दोष दिएर उम्किने प्रयास

काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्काले आफ्नो नागरिकता तथा उमेरसम्बन्धी विवादमा न्याय परिषदलाई दोष दिएर उम्किन खोजेकी छन् ।

नेपाल प्रेसले हड्ताली न्यायाधीश खड्काको दुईवटा नागरिकता र तीनथरी उमेरको प्रमाणसहित समाचार प्रकाशन गरेपछि अन्य केही अनलाइनले पनि सो समाचार साभार गरेका थिए ।

खड्काले शुक्रबार विज्ञप्ति जारी गर्दै आफूले जागिर प्रवेश गरेदेखिनै जन्म मिति २०१४ जेठ २ गते कायम गरेको तर न्याय परिषदको बुलेटिनमा त्रुटिवश आफ्नो जन्म मिति २१३ माघ २८ उल्लेख भएको दावी गरेकी छन् ।

खड्काको विज्ञप्तिमा भनिएको छ- ‘न्याय परिषदले प्रकाशित गरेको कुनै प्रकाशनमा त्रुटिवश कुनै न्यायधाीशको वैयक्तिक विवरण केही सामान्य फरक लेखिन गएका कुरालाई लिएर न्यायाधीशको चरित्रमा प्रश्न उठाइनु उचित होइन ।’

यो पनि पढ्नुहोस् : हड्ताली श्रीमानको नागरिकतामै किर्ते, गोपाल पराजुलीको नजिर मीरामैयामा लागू होला कि नहोला ? (प्रमाणसहित)

खड्काले न्यायपरिषदको बुलेटिनलाई दोष दिएर उम्किन खोजे पनि उनको २०३२ माघ २८ मा लिएको पहिलो नागरिकतामा १९ वर्ष उमेर लेखिएको छ ।

दोस्रोपटक २०३३ माघ २८ मा उनले १९ वर्ष नै कायम गरेर दोस्रो नागरिकता लिएको अभिलेख ललितपुर जिल्ला अदालतमा छ । जुन अभिलेख नेपाल प्रेसले बाहिर ल्याइसकेको छ ।

खड्काले २०३८ मा सेवा प्रवेश गरेदेखि पुनरावेदन अदालतको न्यायाधीश हुने बेलासम्म जन्म मिति २०१३ माघ २८ राखेकी छन् । तर, मुख्य न्यायाधीश भएपछि भने २०१४ जेठ २ कायम गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर