अबको निर्वाचनपछि एमाले पहिलो शक्ति : महासचिव पोखरेल – Nepal Press

अबको निर्वाचनपछि एमाले पहिलो शक्ति : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आउने निर्वाचनपछि नेकपा एमाले पहिलो शक्तिको रूपमा स्थापित हुने दाबी गरेका छन् ।

मंसिर २५-२६ मा बसेको एमाले केन्द्रीय कमिटीको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पोखरेलले जनमतबाट एमाले पहिलो शक्तिको रूपमा उदाउने बताएका हुन् । त्यसका लागि आवश्यक तयारी सुरू गरिएको उनको भनाइ थियो ।

‘अहिले गठबन्धन एकातिर र सिंगो एमाले अर्कोतिर विभाजित छ । जनताले विश्वास गर्ने भएकाले बलियो शक्तिको एकमात्र विकल्प एमाले हो । हामीले महाधिवेशनबाटै निर्वाचनको तयारी सुरू गरिसकेका छौं’, महासचिव पोखरेलले भने ।

जिल्ला र प्रदेश अधिवेशन गर्ने तयारीसँगै आगामी निर्वाचनका लागि जनतासामु आफ्ना एजेण्डा लिएर जाने उनको भनाइ छ ।

जनमतलाई हेला गर्दै गैरसंवैधानिकरूपमा एमालेमाथि विभिन्न शक्तिले आक्रमण र प्रहार गर्ने गरेको उनले टिप्पणी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर