जित निश्चित भएसँगै विश्वप्रकाशको विजयोत्सव, कार्यकर्ताले काँधमा उचाले (तस्बिरहरू) – Nepal Press

जित निश्चित भएसँगै विश्वप्रकाशको विजयोत्सव, कार्यकर्ताले काँधमा उचाले (तस्बिरहरू)

काठमाडौं । कांग्रेस महामन्त्रीको निर्वाचन परिणाम आउनुअगावै गगन थापा र विश्वप्रकाश शर्माको विजय निश्चित भएको छ । दुवै नेताका समर्थकहरु अहिले खुशीयाली मनाइरहेका छन् ।

मतगणना आधाउधि हुनासाथ गगनका समर्थकको हर्षोल्लास सुरू भइसकेको थियो । अहिले मतगणना सकिन लाग्दा विश्वप्रकाशका समर्थकहरु पनि विजयी मुडमा छन् । अब थोरै मत गन्न बाँकी रहे पनि गगन र विश्वप्रकाशलाई अरुले उछिन्न सक्ने अवस्था छैन ।

मतगणना स्थलमा खुशीयाली मनाउँदै कार्यकर्ताहरुले विश्वप्रकाशलाई काँधमा उचालेका छन् । उनीहरुले विश्वप्रकाशको समर्थनमा हुटिङ र नारावाजी गरेका थिए ।

विश्वप्रकाशका लागि यो जित विशेष छ । संस्थापन पक्षबाट टिकट नपाएपछि उनले प्रकाशमान सिंहको कमजोर प्यानलबाट उम्मेदवारी दिएका थिए । तर, पनि संस्थापन पक्षका उम्मेदवारलाई पछि पार्दै जित हासिल गर्न सफल भएका छन् ।

तस्बिरहरू : सरोज बैजु । 


प्रतिक्रिया

One thought on “जित निश्चित भएसँगै विश्वप्रकाशको विजयोत्सव, कार्यकर्ताले काँधमा उचाले (तस्बिरहरू)

  1. बधाइ छ विश्वप्रकाश शर्माज्यू नेपाली राजनीतिमा संस्कार भएका नेताले विजय हासिल गर्न सक्छन् भन्ने उदाहरण पनि भयो यस पटकको चुनावमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर