रुपन्देहीमा युवा उद्यमी सम्मेलन गरिने – Nepal Press

रुपन्देहीमा युवा उद्यमी सम्मेलन गरिने

रुपन्देही । व्यवसायिक सोच भएका युवाहरूलाई एक ठाउँमा आबद्व गराउने उद्देश्यले रुपन्देहीमा युवा उद्यमी सम्मेलनको तयारी गरिएको छ ।

पुस ३ गते रुपन्देहीको तिलोत्तमामा हुने सो सम्मेलनमा धेरै युवा उद्यमीहरुले भाग लिन र व्यवसायमा लाग्न खोजेको युवाहरुलाई एकसाथ एक ठाउँमा जम्मा गरेर विभिन्न विषयमा छलफल गरिने युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष प्रदीप शाक्यले बताए ।

सम्मेलनमा उद्यमीहरूले सामना गरिरहनुपरेका विषयमा छफफल गरी आगामी रणनीति तयार गरिने शाक्यको भनाइ छ ।
युवा उद्यमीबीच सम्पर्क विस्तार गरिने, आकांक्षी युवा उद्यमीहरुलाई उद्योगीहरुसँग जोड्ने, नेपाली अर्थतन्त्रका विषयमा जनचेतना अभिवृद्वि गर्नका लागि सम्मेलनले विशेष भूमिका खेल्ने आयोजकहरूको भनाइ छ ।

२ सयदेखि ३ सय युवा उद्यमीहरु जम्मा हुने उक्त सम्मेलनमा लोटस होल्डिङका संस्थापक अजित बिक्रम शाह, ई-सेवा फोन पे प्रालिका अध्यक्ष अस्गर अलि, टुट्लेका संस्थापक शिक्षित भट्ट, कारखानाका संस्थापक पवित्रा गौतम, कृषि विज्ञ (व्यापारी) राजेन्द्र देवकोटा, अन्तरप्रेरणाका प्रमुख कार्यकारी अधिकृत निरज खनाल, थ्री एच म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सोहनबाबु कार्की, लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डा. दामोदर भुसाल, मेघा बैंकका प्रवन्धक विप्लवी त्रिपाठी, सिद्धार्थ इन्टरनेशनल कलेजका प्राध्यापक रामप्रसाद खरेल, मेल्टिस बुटवलका प्रविना खनाल र साधना नेपाल इण्डष्ट्रिज (रोयल छोप) का संस्थापक हिमाल वेलवासेले उद्यमशिलता सम्बन्धी आफ्ना अनुभवहरू सेयर गर्ने कार्यक्रम छ ।


प्रतिक्रिया

2 thoughts on “रुपन्देहीमा युवा उद्यमी सम्मेलन गरिने

  1. सहभागी बन्न के के प्रोसेस छ ? सहभागी हउने तरिका के होला ? जानकारी पाउन

Leave a Reply

Your email address will not be published. Required fields are marked *