पत्रकार खासोगी हत्याको अभियोगमा एक साउदी नागरिक पक्राउ – Nepal Press

पत्रकार खासोगी हत्याको अभियोगमा एक साउदी नागरिक पक्राउ

काठमाडौं । पत्रकार जमल खासोगीको हत्या अभियोगमा एक साउदी नागरिक फ्रान्समा पक्राउ परेका छन् । फ्रान्सेली मिडियाका अनुसार खालिद एदी अल ओतैबी फ्रान्को चाल्र्स दे गुएल्ली विमानस्थलबाट पक्राउ परेका हुन् ।

ती व्यक्ति हत्यामा संलग्न भएका २६ जना आरोपीमध्ये एकजना भएको बीबीसीले जनाएको छ । रियादको राजपरिवारका कडा आलोचक रहेका पत्रकार खासोगी गत अक्टोबर २०१८ मा टर्कीस्थित साउदीको कन्सुलेट कार्यालयमा मारिएका थिए ।

साउदीले चाहिँ वासिङ्टन पोस्टका ती पूर्व पत्रकारलाई मुलुक फर्काउन पठाइएको एजेन्टहरुको टोलीले एक दुर्घटनामा मारेको बताएको छ । तर, टर्कीका अधिकारीहरुले भने साउदी सरकारको उच्च तहबाट आएको आदेशमा पत्रकार मारिएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर