गुटका पत्रकार बोलाएर देउवाले भने- महाधिवेशनमा सघाउनुपर्‍यो – Nepal Press

गुटका पत्रकार बोलाएर देउवाले भने- महाधिवेशनमा सघाउनुपर्‍यो

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनमा सहयोग गर्न पत्रकारहरूसँग आग्रह गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा ‘गुट’ का पत्रकारहरू बोलाएर देउवाले दोस्रो कार्यकालका लागि आफू सभापतिको प्रत्यासी बन्ने भएकोले मिडियाबाट ‘यथाशक्य’ सहयोग गर्न आग्रह गरेका हुन् ।

सो क्रममा प्रधानमन्त्री देउवाले पार्टीलाई एकताबद्ध बनाएर लैजान आफूले हरसम्भव प्रयास गरेको बताए । ‘मेरो पहिलो कार्यकालमा सबैलाई मिलाएर लैजान प्रयास गरेको हुँ । पार्टीका केही सुधारको प्रयास पनि गरे । त्यो प्रयासलाई सफल बनाउन फेरि एकपटक सभापति बन्छु’, देउवाले भने । उनले लोकतन्त्रमा सञ्चारक्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकोले आफूले पनि पत्रकारहरूको सद्भाव अपेक्षा गरेको बताए ।

प्रधानमन्त्री एवं कांग्रेस सभापतिको पत्रकार सम्मेलन भएपनि कांग्रेस प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्मा कार्यक्रममा उपस्थित थिएनन् ।

प्रधानमन्त्री भएपछि देउवाले पहिलोपटक पत्रकारहरूसँग भेटेका हुन् । अनौपचारिक भनेर बोलाइएको भेटघाटमा देउवानिकट ‘गुट’ का अधिकांश पत्रकारहरू बोलाइएको थियो । कांग्रेसको शुभेच्छुक संस्था प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल र सल्लाहकार डा. सुरेश आचार्यले संयोजन गरेको कार्यक्रममा अधिकांश ‘गुट’ निकट पत्रकारहरू उपस्थित थिए ।


प्रतिक्रिया

One thought on “गुटका पत्रकार बोलाएर देउवाले भने- महाधिवेशनमा सघाउनुपर्‍यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर