कमल थापाको अर्को स्टाटसः यसपाली त मनै फाट्यो – Nepal Press

कमल थापाको अर्को स्टाटसः यसपाली त मनै फाट्यो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित भएदेखि कमल थापा पूरै सामाजिक सञ्जालमा सक्रिय भएका छन् । फेसबुक र ट्विटरमा उनका आधिकारिक पेजहरुबाट एकपछि अर्को उत्तेजक र भावुक पोष्टहरु भइरहेको छ ।

पछिल्लो पोष्टमा चाहिँ थापा भावुक बनेका छन् । आफ्नो अन्तरमनभित्रको मान्यतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा भएका टिप्पणीसहित उनले राजेन्द्र थापाको चर्चित गीत ‘पोहोर साल खुशी फाट्दा जतन गरी मनले टालेँ।।’ का पंतिहरु सेयर गरेका छन् ।

थापाले आज पार्टीको मतगणना सकिएलगत्तै पूर्वराजा ज्ञानेन्द्र शाहका विरुद्ध सामाजिक सञ्जालमा आक्रोशित टिप्पणी गरेका थिए । त्यसपछि फेरि पूर्वयुवराज्ञी हिमानी शाहको नक्कली ट्विटर अकाउन्टबाट आएको ट्विटलाई कटाक्ष गरेका थिए ।

थापाका धाराप्रवाह स्टाटसहरुले उनलाई पराजयको चोट सहत गाह्रो परिरहेको प्रतित हुन्छ ।

 


प्रतिक्रिया

One thought on “कमल थापाको अर्को स्टाटसः यसपाली त मनै फाट्यो

  1. Ra Pra Pa le Naya pustaa Lai karya bhaat hastaan Taran garnu nikai Gaurav garna laayak xa, jay Ra Pra Pa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर