मतदानपछि रावलले भने- अध्यक्ष नभए केन्द्रीय सदस्य स्वीकार्दिनँ – Nepal Press

मतदानपछि रावलले भने- अध्यक्ष नभए केन्द्रीय सदस्य स्वीकार्दिनँ

चितवन । एमालेमा अध्यक्षका उम्मेदवार भीम रावलले आफू अध्यक्षमा निर्वाचित नभए सदस्य पद स्वीकार नगर्ने बताएका छन् ।

नेपाल प्रेससँग कुरा गर्दै उनले सदस्य पदमा उम्मेदवारी नदिएको र त्यो पद स्वीकार नगर्ने बताएका हुन् ।

‘मैले जिते भने अध्यक्षको हैसियतले पार्टी विधान अनुसार पार्टीलाई नेतृत्व दिएर राष्टिय राजनीतिलाई दिशा निर्देश गर्छु त्यो जिम्मेवारी पाइन भने पदको अधिकार प्रयोग गर्ने कुरा भएन ।’

उनले अघि थपे, ‘केन्द्रीय सदस्य स्वीकार गर्दिन । मैले उम्मेदवारी नदिएको कुरामा पहिले पनि सपथ गरेको होइन । अहिले पनि म गर्दिन
सदस्यमा उम्मेदवारी नहालेको मेरो नाम रहेछ अध्यक्षमा लड्ने मान्छेले सदस्यमा हाल्दैन । सदस्यमा मेरो उम्मेदवारी नै होइन । ‘

अध्यक्ष नरहेको अवस्थामा केन्द्रीय सदस्य रहनुहुन्न भनेर सोध्दा उनले भने, ‘म रहन्न’

एमालेमा पछिल्लो समय गलत काम भएका बताउँदै उनले मत परिणाम भने स्वीकार गर्ने बताए ।

‘मैले परिणाम लाई सहज रूपमा लिन्छु’ उनले भने ‘सदस्यता वितरण नवीकरण र प्रतिनिधि छनोटमा ब्यापक रूपमा गलत कामहरू भएका छन् ।’

उनले आफ्नो एजेन्डा पास भएको बताए । ‘मेरा लक्ष्य उद्देश्य र मान्यता स्थापित भएको छ । म सन्तुष्ट भएको छ।’

एमाले सुदृढ गर्न समीक्षा गर्न आवश्यक रहेको बताए । ‘एमाले अघि बढ्दा सबै समीक्षा गरेर अघि बढ्नु पर्छ’ उनले भने ‘त्यसले पार्टीलाई राम्रो गर्छ ।’

मध्यरातमा मतदान गर्ने व्यवस्थाको समेत विरोध गरेका थिए ।

बिद्युतीय मतदान उपकरणमा अरू कुरा उपयुक्त रहे पनि स्क्रिनमा समस्या रहेको बताएका थिए । उनले भने, ‘मतदाताहरूलाई माथि सार्न सिकाउनु पर्ने देखियो । स्क्रिनमा समस्या रहेछ ।’


प्रतिक्रिया

One thought on “मतदानपछि रावलले भने- अध्यक्ष नभए केन्द्रीय सदस्य स्वीकार्दिनँ

  1. यो भिम रावल को र कस्तो मान्छे भन्ने कुरा आठौं महाधिवेशन देखि नै थाहा भएको कुरा एमाले लाई कमजोर बनाउन एमाले मै बसेका केहि नेता र मिसन बोकेका बिदेशी ले भित्री रुप मा पालेका र लगानी गरेका केही मिडिया र पत्रकार हरु को योजनाबद्द रुप मा पटक पटक एमाले माथि हमला हुने गर्दछ।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर