कांग्रेस निर्वाचन समितिको संयोजक फेरिए, घिमिरेलाई जिम्मेवारी – Nepal Press

कांग्रेस निर्वाचन समितिको संयोजक फेरिए, घिमिरेलाई जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आउन १२ दिन बाँकी रहँदा केन्द्रीय निर्वाचन समितिका संयोजक फेरिएका छन् ।

केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादव यादवले दोस्रोपटक राजीनामा दिएपछि निर्वाचन समितिकै सदस्य गोपालकृष्ण घिमिरेलाई नयाँ संयोजकको जिम्मेवारी दिइएको हो ।

यादवले डडेल्धुरा कांग्रेस अधिवेशनको विषयमा २ पटक राजीनामा दिएका थिए । यादवको सहमति बिनै पार्टी नेतृत्वले डडेल्धुरामा अधिवेशन गराएपछि पहिलोपटक राजीनामा दिदाँ सभापति शेरबहादुर देउवाले अस्वीकृत गरेका थिए ।

डडेल्धुरामा जिल्ला सभापति कर्ण मल्ल पक्षलाई अलग्याएर जिल्ला अधिवेशनसमेत भइसकेपछि यादवले पुनः राजीनामा दिए ।

सभापति देउवाले यादवको राजीनामा स्वीकृत गरेर घिमिरेलाई निर्वाचन समितिको संयोजकको जिम्मेवारी दिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर