एमाले महाधिवेशनः न पर्याप्त शौचालय, न पिउने पानी ! – Nepal Press

एमाले महाधिवेशनः न पर्याप्त शौचालय, न पिउने पानी !

चितवन । नेकपा एमालेले चितवनमा जारी दशौं महाधिवेशनलाई चर्चा गरेजस्तो व्यवस्थित बनाउन सकेन । उद्घाटसत्रमा पाँच लाख जनता उतार्ने उद्घोष गरेको एमालेले लक्ष्यभन्दा कम जनमास आउँदा पनि व्यवस्थापन चुस्त बनाउन सकेन ।

एमालेले उद्घाटन समारोह अयोजना गरेको नारायणीतीर नै साँघुरो भएको छ । र, न त यहाँ पर्याप्त शौचालयको व्यवस्था छ न त खानेपानीकै सुविधा । ‘शौचालय नहुँदा मजस्ता धेरै सहभागीले सास्ती खेप्नुपरेको छ । लाज पचाएरै खुला ठाउँमा पिसाब फेर्नुपरेको छ’, महाधिवेशनमा सहभागी हुन धनगढीबाट आइपुगेका कलम शाही भन्छन्, ‘महिलामैत्री शौचालयको व्यवस्था पनि गरिनुपथ्र्यो । बुटवलबाट कार्यक्रममा सहभागी हुन आएकी रिता कटुवालले भनिन्, ‘महाधिवेशन भव्य भए पनि व्यवस्थापन झूर देखियो ।

त्यस्तै पिउने पानी पनि पर्याप्त नभएको भन्दै सहभागीले गुनासो गरेका छन् । ‘कम्तिमा खानेपानीको व्यवस्था गर्नुपथ्र्यो, यहाँ त धमिलो पानी पिउनुपरेको छ’, धनगढीका कमल शाहीले भने ।

महाधिवेशनमा प्रयोग भएको स्पिकरले पनि राम्रोसँग काम गरेको छैन । महोत्तरीका रमेश यादव भन्छन्, ‘कम्तिमा राम्रो स्पिकर राखेको भए हुन्थ्यो नि !’

महाधिवेशनका कारण नारायणपढको ट्राफिक व्यवस्था अस्तव्यस्त छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर