बाइडेनको स्वास्थ्य रिपोर्ट सार्वजनिक : राष्ट्रपतिको काम गर्न योग्य, रक्तचाप १२०/७० – Nepal Press

बाइडेनको स्वास्थ्य रिपोर्ट सार्वजनिक : राष्ट्रपतिको काम गर्न योग्य, रक्तचाप १२०/७०

काठमाडौं । यसै सप्ताहन्तमा कोलोनोस्पी परीक्षण गरेका अमेरिकी राष्ट्रपति जो बाइडेनको स्वास्थ्य रिपोर्ट सार्वजनिक भएको छ । यो विवरणअनुसार उनी राष्ट्रपति कार्यभार सम्हाल्न उपयुक्त देखिएका छन् । राष्ट्रपतिका रुपमा कार्यभार सम्हालेपछि यो उनको पहिलो स्वास्थ्य रिपोर्ट हो ।

शुक्रबार वासिङ्टन बाहिरको वाल्टर रिड अस्पतालमा उनको नियमित स्वास्थ्य जाँच गरिएको थियो । सो क्रममा उनलाई क्लोनोस्कोपी गर्दा केहीबेर अचेत बनाइएको थियो । जसकारण बाइडेनले ८५ मिनेटका लागि राष्ट्रपतिको अधिकार उपराष्ट्रपति कमला ह्यारिसलाई दिएका थिए ।

भाषण गर्ने बेला बाइडेनले खोक्ने र गला सफा गर्ने गर्दै आएका थिए । हिँड्ने क्रममा असन्तुलित हुने समस्या पनि सार्वजनिक ठाउँमा देखिएको थियो । चिकित्सकले उनका यी स्वास्थ्य समस्याबारे चासो दिएर परीक्षण गरेका थिए ।

उनको मेरुदण्डमा गाँठो रहेको र सामान्य ड्यामेज रहेको एक्सरे प्रतिवेदनमा देखिएको छ । ड्यामेज सामान्य भएकाले थप उपचार जरुरी नभएको जनाइएको छ । त्यसैका कारण बाइडेन बेलाबेलामा हिँड्ने क्रममा असन्तुलित देखिएको जनाइएको छ ।

बाइडेनको विस्तृतरुपमा न्यूरोलोजिकल परीक्षण गरिएको र पार्किन्सन, स्ट्रोक वा मल्टिपल स्क्लेरोसिसको कुनै लक्षण नदेखिएको रिपोर्टमा उल्लेख छ । बाइडेनमा हायटल हर्नियाको अवस्था रहेको जनाइएको छ । जसका कारण उनलाई बेलाबेलामा रिफ्ल्क्स गराउने र त्यसकै कारण भाषणका क्रममा वा अन्य बेला घाँटी सफा गर्ने वा खोक्ने अवस्था आउने गरेको चिकित्सकले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर