काँग्रेसकी युवा नेतृ रजनी थापाले दिइन् क्षेत्रीय सचिवमा उम्मेदवारी – Nepal Press

काँग्रेसकी युवा नेतृ रजनी थापाले दिइन् क्षेत्रीय सचिवमा उम्मेदवारी

काठमाडौं । मंसिर ६ गते हुने नेपाली कांग्रेसको संघीय निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेशनमा युवा नेतृ रजनी थापाले काठमाडौं क्षेत्र नम्बर-५ बाट सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् । थापा हाल नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्ष हुन् । पीसीएल नर्सिङ, कानूनमा स्नातक, राजनीतिशास्त्र, जनप्रशासनमा स्नात्तोकरसम्मको अध्ययन गरेकी रजनी हाल अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिमा विद्यावारिधि गरिरहेकी छन् ।

सीटीईभीटीको नेविसंघको केन्द्रीय उपाध्यक्ष भइसकेकी थापाले नेपाली कांग्रेस टोखा नगरसमितिको सचिवको भूमिका पनि निर्बाह गरिसकेकी छन् । यस्तै, महिला संघ टोखा नगर सभापति तथा नेपाली कांग्रेस केन्द्रीय प्रशिक्षण विभागको प्रशिक्षकको रूपमा कामको अनुभव पनि थापासँग छ ।

रजनीले २०७४ को स्थानीय तहको निर्वाचनमा नगर उपप्रमुखमा आफ्नो उम्मेद्धारी दिएकी थिइन् । जेसिसमार्फत् सामाजसेवा तथा विभिन्न सामाजिक कार्यहरूमा पनि थापा सक्रिय छन् ।

आफ्नो उम्मेदवारी राजनीतिप्रति बढ्दो निरासालाई आशामा बदल्दै उक्त क्षेत्रका युवाहरूको सशक्त नेतृत्वका लागि रहेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर