कतारविरुद्ध कप्तान रुबिनाको अर्धशतकमा कतारलाई १ सय ३० रनको लक्ष्य – Nepal Press

कतारविरुद्ध कप्तान रुबिनाको अर्धशतकमा कतारलाई १ सय ३० रनको लक्ष्य

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत दोस्रो खेलमा कतारविरुद्ध ब्याटिङ गरिरहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्रीले अर्धशतक बनाएकी छन् । उनको अर्धशतकप्रेरित नेपालले कतारसामु १ सय ३० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

दोस्रो टी-२० मा टस जितेर पनि पहिले ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय २९ रनको योगफल तयार पारेको हो ।कतारविरुद्ध टस जितेर फिल्डिङ रोजेको नेपालका लागि चौथो नम्बरमा ब्याटिङ गर्न क्रिजमा उत्रिएकी रुबिनाले ४७ब लमा ४ चौका र १ छक्कासहित ५० रन पूरा गरेकी हुन् ।

४७ बलमा ५० रन पूरा गरेकी रुबिना ४८औं बलमा आउट हुँदै पेभेलियन फर्किएकी छन् । नेपालका लागि ओपनर कविता कुँवले ३० बलमा २ छक्कासहित ३१ तथा ज्योति पाण्डेले ६ रन बनाएका थिए । यस्तै, विकेटकिपर-ब्याटर काजल श्रेष्ठ ३, सरिता मगर ४ तथा डोली भट्ट शून्यमा पेभेलियन फर्किँदा अप्सरी बेगमले अविजित २३ रन बनाइन् ।

टस हारेर फिल्डिङको निम्तो पाएको कतारका लागि एन्जेलिन मेरले २ तथा एलिना खान, सबीजा पनायन र साची ढड्वालले १/१ विकेट लिए ।मंगलबार भएको पहिलो टी-२० मा नेपालले कतारविरुद्ध १ सय १९ रनको फराकिलो जित निकालेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर