विधानअनुसार नेता नचलेको गुनासो गर्दै गगनले भने- महाधिवेशन हुने कुरामा हिजोबाट ढुक्क भयो (भिडिओ) – Nepal Press

विधानअनुसार नेता नचलेको गुनासो गर्दै गगनले भने- महाधिवेशन हुने कुरामा हिजोबाट ढुक्क भयो (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले आइतबार बसेको केन्द्रिय कार्यसमितिको बैठकपछि मात्रै पार्टीको महाधिवेशन हुनेमा विश्वस्त भएको बताएका छन् ।

सोमबार नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट काठमाडौं महानगरका पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण कार्यक्रममा नेता थापाले आइतबार बसेको केन्द्रिय कार्यसमितिको बैठकपछि मात्रै पार्टीको महाधिवेशन हुनेमा विश्वस्त भएको बताएका हुन् ।

उनले निर्वाचन आयोगलाई बारम्बार दबाव दिएपछि मात्रै महाधिवेशन समयमै गर्न सकिएको बताए। नेता थापाले समयमै महाधिवेशन गर्न नसक्नु एक ढंगले पार्टीको सामुहिक क्षयिकरणको प्रमाण भएको दावी गरेका छन् ।

नेता थापाले भने,‘हिजोको बैठकपछि भने साथीहरुलाई अब अधिवेशन हुन्छ भन्ने कुराको ढुक्क भयो, ढुक्क हुनुभएको मैले पाएको छु, किनभने पार्टीले अब होटल नै बुक गर्न थाल्यो, हल नै बुक गर्न थाल्यो भनेपछि बल्ल अधिवेशन हुन्छ भन्ने कुराको साथीहरुलाई ढुक्क भएको अवस्था छ । नेपाली काँग्रेस जस्तो पार्टीको अधिवेशनको सन्दर्भमा अधिवेशन आउनु भन्दा १५÷२० दिन अघिसम्म पनि पार्टीको जिम्मा दिएको साथीहरुलाई अधिवेशन हुन्छ कि हुँदैन भन्ने अलमल रहने कुरा आफैँमा हामी कति तल झरिसक्यौँ भन्ने कुराको प्रमाण हो । यसलाई हामीले जति भनेपनि हामीले निर्वाचन आयोगलाई तारन्तार दबाव नदिएको भए पुषको पहिलो साता भित्र निर्वाचन आयोगलाई नेतृत्वको नाम बुझाउनै पर्छ भन्ने अनिवार्यता नरहेको भए सायद अधिवेशन हामी एक÷दुई महिना टाथ्र्यौं होला, समयमै महाधिवेशन गर्न नसक्नु एक ढंगले सामुहिक क्षयिकरणको प्रमाण हो ।’

अहिले अदालतमा भएको समस्यालाई नेपाली कांग्रेसले समाधान गर्नुपर्ने उनको धारण छ । उनले नेपाली कांग्रेस आगामी निर्वाचनमा भोट माग्न जाँदा मतदातालाई चुनाव जितेको ५ वर्षमा काँग्रेसले गर्ने कामको सूची बनाएर जानुपर्ने बताए ।

‘स्वतन्त्र न्यायपालिका र न्यायालयको लागि काँग्रेस लड्छ भन्ने कुराको विश्वास गरेर एउटा मतदाताले रुख चिन्हमा मत हाल्छ, त्यो कुरामा चुक्यो भने मतदाता रिसाउँछ हाम्रो मत घट्छ, नेपाली काँग्रेसको १२÷१५ लाख यस्तो मतदाता छ, नेपाली काँग्रेसले राष्ट्रिय निर्णय गर्दा एक ठाउँ चुक्यो भने मत हाल्दैन, दण्ड दिन्छ, त्यो मतदाता जोगाउनु पर्नेछ, ३५ लाख मतदाताले रुखमा किन मत हाल्ने भन्ने प्रश्नको उत्तर नेपाली काँग्रेसले लिएर जानुपर्छ, मतदाता जम्मा पार्न अबको काँग्रेसले ४÷५ वर्षमा के गर्छ भनेर बताउनु सक्नुपर्छ, काँग्रेसले ५ वर्ष मौका पायो भने के गर्छ भन्ने कुराको योजना बनाएर जनताको बीचमा जाने जसको आधारमा नयाँ मतदातालाई काँग्रेसलाई मत हाल्ने वातावरण होस् ।’

नेता थापाले महाधिवेशनबाट १३ लाख मतदाता थप्न सके काँग्रेस अब आउने निर्वाचनमा पहिलो एकल पार्टी भएर आउने दाबी गरे ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर