सहज बहिर्गमनले प्रधानन्यायाधीशलाई नै फाइदा हुन्छ : भट्टराई – Nepal Press

सहज बहिर्गमनले प्रधानन्यायाधीशलाई नै फाइदा हुन्छ : भट्टराई

काठमाडौं । संविधानविद् टीकाराम भट्टराईले सडकबाट माग्दैमा राजीनामा दिन्न भन्ने प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको भनाइ राजनीतिक नेताहरूको जस्तो भएको आरोप लगाएका छन् ।

नेपाल बारले गरेको आन्दोलनमा भट्टराईले सहज बहिर्गमनले स्वयं राणा र न्यायालयको साख जोगिने बताए । ‘उहाँ राजनीतिज्ञको जस्तो पोजिसन लिएर बस्ने होइन,’ उनले भने, ‘एकजना नागरिकले प्रश्न उठाउँदैमा पनि त्यो नैतिकताको प्रश्न बन्छ । सहज बहिर्गमन गर्दा उहाँलाई पनि सहज हुन्छ । न्यायालको साख पनि बच्छ ।’

बार र प्रधानन्याधीशका सहकर्मी न्यायाधीशहरूले उठाएका विषय गलत छन् भन्ने मान्छे कोही पनि नभएको उनले दाबी गरे । ‘बार र उहाँका सहकर्मी न्यायाधीशले उठाएका विषय गलत छन् भन्ने मान्छे कोही पनि छैन’ भट्टराईले भने, ‘हामीले उठाएका विषय पनि सही हुने तर राजीनामाको विषय चाहिँ गलत हुन्छ ? जुन विषय उठेका छन्, त्यसको उहाँले सम्बोधन गर्न सक्नुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर