कीर्तिपुरमा सुविधासम्पन्न मल्टिप्लेक्स फिल्म हल शुभारम्भ (तस्बिरहरु) – Nepal Press

कीर्तिपुरमा सुविधासम्पन्न मल्टिप्लेक्स फिल्म हल शुभारम्भ (तस्बिरहरु)

काठमाडौं । राजधानीको कीर्तिपुरमा आजदेखि अत्याधुनिक र सुविधासम्पन्न मप्टिप्लेक्स फिल्म हल संचालनमा आएको छ । फिल्म निर्माता तथा वितरक नरेन्द्र महर्जनले संचालनमा ल्याएको हलमा दुईवटा अडिटोरियम छन् । एउटा अडिटोरियमको क्षमता २८५ सिट छ ।

जग्गासहित २० करोडको लागतमा निर्माण भएको यो मल्टिप्लेक्समा सुरुआतमा चाहिँ एउटा अडिटोरियम संचालन हुनेछ । फिल्म बजार सामान्य अवस्थामा फर्किएमा अर्को अडिटोरियम पनि चलाइने संचालक महर्जनले बताए ।

थ्रीडी प्रोजेक्सनसहित जेभीएल ध्वनी पनि जडान भएको छ । नेपाली, हिन्दी, अंग्रेजी र नेवारी फिल्म प्रदर्शन गरिने भएको छ । नेपालमै पहिलोपटक निरन्तररुपमा नेवारी फिल्म देखाइन लागिएको हो । कीर्तिपुर नेवार बहुल थलो पनि हो ।

फिल्म हल शुभारम्भसँगै नेपाली फिल्म आमा प्रदर्शन गरिएको छ । शुभारम्भ कार्यक्रममा नेपाली फिल्मका निर्देशक, निर्माता र कलाकारहरु सहभागी थिए । उनीहरुले निर्माता महर्जनलाई हल संचालनको लागि शुभकामना दिए ।

शुक्रबार पहिलो दिनमा हलिउड फिल्म भेनम, नेवारी फिल्म हिसिमती प्रदर्शन गरिने भएको छ । ‘कोरोना महामारीको कठिन अवस्थामा हल संचालनमा ल्याएका छौं’ महर्जनले नेपाल प्रेसलाई भने, ‘आशा छ, फिल्म क्षेत्र विस्तारै चलायमान हुनेछ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *