विदेशमा रहेका नेपालीको मतदान अधिकारबारे सरकारले थाल्यो छलफल

२०७८ कार्तिक ८ गते १६:३५

काठमाडौं । आगामी चुनावमा विदेशमा रहेका नेपालीलाई मतदान गर्न पाउने गरी सरकारले निर्वाचन आयोगसँग छलफल थालेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित निर्वाचन आयुक्तहरुसँग यसबारे छलफल गरे ।
निर्वाचन प्रणालीलाई प्रविधियुक्त बनाउने विषय र सम्मानित सर्वोच्च अदालतको आदेश बमोजिम विदेशमा रहेका नेपाली मतदाताको मतदान अधिकार सम्बन्धी कानूनी तथा प्रविधिक विषयबारे छलफल भएको निर्वाचन आयोगले जनाएको छ ।
विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने माग लामो समयदेखि गैरआवासीय नेपाली संघ (एनआरएन)ले राख्दै आएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर