एमालेको वडा अधिवेशनः चितवनका कुन वडामा कस्को नेतृत्व ? – Nepal Press

एमालेको वडा अधिवेशनः चितवनका कुन वडामा कस्को नेतृत्व ?

चितवन । चितवनका सात वटै स्थानीय तहका अधिकांश वडाहरुमा एमालेको वडा अधिवेशनबाट नेतृत्वमा सर्वसम्मत चयन भएका छन् । हालसम्म रत्ननगर नगरपालिकामा, माडी नगरपालिकाको सबै, भरतपुर महानगरका ३ वडा बाहेक, इच्छाकामना गाउँपालिकाको एक वडा र कालिकाको ४ वडा बाहेक सबैमा सर्वसम्मत नेतृत्व चयन भैसकेका छन् ।

राप्ती, खैरहनीको पनि नतिजा आइरहेको छ । नेतृत्वमा सीमान्तकृत चेपाङ समुदायका स्थानीय नेताहरुले समेत नेतृत्व पाएका छन् । नेकपा एमालेले रत्ननगरका ६ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

१०औं महाधिवेशन अन्तर्गत नगरको १६ वटै वडामा वडा कमिटीमा विवाद रहित नेतृत्व चयन भएको हो । एमालेको रत्ननगर वडा कमिटिको अध्यक्षमा चयन हुनेमा वडा नम्बर १ मा दोपराज केसी, २ मा रविन्द्र दुवाडी, ३ मा केबल न्यौपाने, ४ मा रामकृष्ण गिरी र ५ मा कृष्ण महतो चयन भएका छन् । यस्तै वडा नम्बर ६ मा रामचन्द्र सापकोटा, ७ मा सूर्यबहादुर तामाङ, ८ मा नवलकिशोर मर्दनीया, ९ मा लेखनाथ आचार्य, १० मा एकबहादुर जिस चयन भएका छन् ।

यस्तै वडा नम्बर ११ मा कृष्ण घिमिरे, १२ मा रामप्रसाद पाण्डे, १३ मा अजित चौरेल, १४ मा नवराज घिमिरे, १५ मा आशिक तामाङ र १६ मा बाबुराम श्रेष्ठ चयन भएका छन् । वडा अधिवेशनले वडागत रुपमा नगर अधिवेशन प्रतिनिधि समेत छनौट गरेको छ ।

७ वडा रहेको इच्छाकामना गाउँपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ । वडा नम्बर १ मा आइतबार वडा अधिवेशन गरिने भएपनि अध्यक्षमा खेम पुरी सर्वसम्मत हुदैछन् । सर्वसम्म चयन भएका वडा कमिटिका अध्यक्षहरुमा वडा नम्बर २ मा शंकरबहादुर चेपाङ, ३ मा कमल ठकुरी, ४ मा रुद्रप्रसाद उप्रेती, ५ मा तोकनारायण श्रेष्ठ, ६ मा भुपेन्द्र चेपाङ, ७ मा मणिराज गुरुङ चयन भएका छन् ।

यस्तै कालिका नगरपालिकाको ११ वडामध्ये ७ वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । बाँकी ४ वडामा सर्वसम्मतको प्रयास भैरहेको छ । सर्वसम्मत वडा कमिटी अध्यक्षहुनेहरुमा ३ मा हरिप्रसाद अधिकारी, ४ मा मकरमान श्रेष्ठ, ६ मा होमबहादुर श्रेष्ठ, ८ मा युवराज श्रेष्ठ, १० मा धनबहादुर चेपाङ, ११ मा विष्णुलाल चेपाङ र ९ मा भोजबहादुर मगर रहेका छन् ।

माडीका ९ वटै वडामध्ये ८ वटामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । वडा नम्बर ७ मा नेतृत्वमाकुनै विवाद नभएपनि तयारी बैठक नबसेकाले भोलिमात्रै वडाअधिवेशन हुदैछ । ७ को वडा कमिटि ध्यक्षमा विष्णु आचार्य चयन हुने सहमति बनिसकेको छ । यस्तै वडा कमिटिको अध्यक्ष चयन हुनेहरुमा १ मा टिकाराम सुवेदी, २ मा लोकराज पोखरेल, ३ मा मधुराम चौधरी, ४ मा चन्द्रिका महतो, ५ मा पिताम्बर पोखरेल, ६ मा भरतबहादुर कुँवर, ८ मा तिलकबहादुर गायक र ९ मा एकराज भण्डारी चयन भएका छन् ।

यस्तै भरतपुर महानगरको २९ वडामध्ये ३ वडाबाहेक २६ वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । ६, १३ र २१ नम्बर वडाबाहेक सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको हो । एमाले भरतपुर महानगर अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार वडा कमिटी अध्यक्ष हुनेहरुमा १ मा शुक्रकुमार श्रेष्ठ, २ मा लक्ष्मण सुवेदी, ३ मा रुद्र सुवेदी, ४ मा महेन्द्र पौडेल, ५ मा पूर्णकान्त कोइराला, ७ मा गुरुचन्द्र घिमिरे, ८ मा तिलक दर्लामी मगर, ९ मा लिलाबल्लभ भुषाल, १० मा नेहेन्द्र खड्का, ११ मा प्रकाश आचार्य चयन भएका छन् ।

वडा नम्बर १२ मा तिलप्रसाद न्यौपाने, १४ मा हरिकृष्ण गुरुङ, १५ मा इश्वर थापा, १६ मा इन्द्रबहादुर बस्नेत, १७ मा गौरव तामाङ, १८ मा कृष्णभक्त भट्टराई, १९ मा शिवराज सुवेदी चयन भएका छन् । यस्तै २० मा देवबहादुर पाख्रिन, २२ भविश्वर पौडेल, २३ मा रामप्रसाद चालिसे, २४ मा कान्छा मल्ल, २५ मा माधव आचार्य, २६ मा मेघनाथ कुँव्र, २७ मा कृष्णबहादुर थापा, २८ मा नेत्र आचार्य र २९ मा देवबहादुर गुरुङ चयन भएका छन् ।

यस्तै राप्ती नगरपालिकाका १३ वडामध्ये ३ वडाबाहेक सबैमा सर्वसम्मत नेतृत्व चयन भएको छ । वडा कमिटिको अध्यक्ष चयन भएकाहरुमा वडा नम्बर १ मा प्रविण शर्मा, २ मा दुर्गाबहादुर सारु, ३ मा शिवकान्त ओली, ४ मा मायानाथ सेढाई, ५ मा गोमा धरेल, ६ मा पुरेन्द्र चौधरी, ७ मा टंक पाठक, ८ मा बालानन्द कँडेल, ९ मा खड्गबहादुर तामाङ र १० मा पुर्णबहादुर चेपाङ छन् ।

वडा नम्बर ११, १२ र १३ मा नेतृत्व चयन बाँकी छ । खैरहनी नगरपालिकाको १३ वडामध्ये ७ वडाबाहेक सबैमा सर्वसम्मत नेतृत्व चयन भएको छ । वडा नम्बर ५, ६, ९, १०, ११, १२ र १३ मा अधिवेशन जारी छ । वडा अधिवेशनबाट अध्यक्ष चयन हुनेहरुमा वडा नम्बर १ मा गोबिन्दराज डल्लाकोटी, २ मा विकास ढुंगाना, ३ मा मनोज चौधरी, ४ मा जगतबहादुर रानामगर, ७ मा धनेश्वर चौधरी, ८ मा शान्ति कुमारी चौधरी रहेका छन् । हालसम्म ९८ वडामध्ये ८० वडाहरुमा सर्वसम्मत नेतृत्व चयन भैसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर