‘सनराइज पे रोल’ योजना : बिनाधितो १५ लाखसम्म कर्जा – Nepal Press

‘सनराइज पे रोल’ योजना : बिनाधितो १५ लाखसम्म कर्जा

काठमाडौं । सनराइज बैंकले संस्थागत निक्षेपकर्तालक्षित ‘सनराइज पे रोल’ खाता सञ्चालनमा ल्याएको छ । यस योजनाअन्तर्गत तलब खाता खेलेका संस्थाका कर्मचारीलाई बिनाधितो १५ लाखसम्म कर्जा प्राप्त गर्ने बैंकले जनाएको छ । कर्मचारी आफैंले व्यक्तिगत खाता खोले पनि सुविधा पाउँने छन् ।

बैंकका अनुसार ग्राहकले अधिकतम २४ महिनाको तलब वा ५ लाख सम्मको ओभोरड्राफ्ट र १० लाखसम्मको आवधिक ऋण गरी अधिकतम १५ लाखसम्मको कर्जा लिन सक्नेछन् । यो कर्जाको अवधि ५ वर्षको हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर