भैरहवाविरुद्ध सान्दुन विराक्कोडिको अर्धसतक – Nepal Press

भैरहवाविरुद्ध सान्दुन विराक्कोडिको अर्धसतक

काठमाडौं । एभरेष्ट प्रिमियर लिगमा सान्दुन विराक्कोडिले भैरहवा ग्लाडीएटर्सविरुद्ध अर्धसतक बनाएका छन् ।

त्रिवि क्रिकेट मैदानमा जारी भैरहवा र ललितपुर प्याट्रियट्सबीचको खेलमा सान्दुनले ३५ बलमा २ चौका र ४ छक्कासहित ५० रन बनाएका छन् ।

उनले दोस्रो विकेटको लागि ओसादा फर्नान्डोसँग ६६ रनको साझेदारी गरेका थिए ।

टस हारेर व्याटिङको निम्तो पाएको ललितपुरले १०.२ ओभरमा २ विकेट गुमाएर ७९ रन जोडेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *