परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षीबीच भेटवार्ता : दुई मुलुकको सम्बन्धलाई प्रगाढ तुल्याउनेबारे छलफल – Nepal Press

परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षीबीच भेटवार्ता : दुई मुलुकको सम्बन्धलाई प्रगाढ तुल्याउनेबारे छलफल

न्यूयोर्क । परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय समकक्षी डा. एस जयशंकरबीच आज राष्ट्रसंघीय महासभाको साइडलाइनमा भेटवार्ता भएको छ ।

दुई विदेशमन्त्रीको वार्तामा नेपाल र भारतबीचको विशेष सम्बन्धलाई अझै प्रगाढ तुल्याएर अघि बढाउनेबारे छलफल भएको भारतीय विदेशमन्त्रीले जनाएका छन् ।

न्यूयोर्कमा जारी राष्ट्रसंघीय महासभामा भाग लिन परराष्ट्रमन्त्री खड्का नेतृत्वको नेपाली डेलिगेसन टोली अमेरिका भ्रमणमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर