एभरेष्ट बैंकले २० वर्षपछि पायो नेपाली सीईओ – Nepal Press

एभरेष्ट बैंकले २० वर्षपछि पायो नेपाली सीईओ

काठमाडौं । एभरेष्ट बैंकमा पहिलो पटक नेपालीले कार्यकारी प्रमुखको जिम्मेवारी पाएका छन् ।

आजदेखि बैंकको सीईओका रूपमा सुदेश खालिङले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने छन् । एभरेष्ट बैंकको स्थपनाकालदेखि अहिलेसम्म नेपाली सीईओ हुन सकेका थिएनन् । स्थापनाको २० वर्षपछि बैंकले नेपाली सीईओ पाएको हो ।

तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव बटुलेका खालिङले लक्ष्मी बैंकका सीईओ र सिटिजन्स बैंकमा संचालकसमेत भएका थिए । सिटिजन्समा संचालक भएको बेला एभरेष्टमा खालिङको नियुक्ति भएकोमा राष्ट्र बैंकले लगाएको कुलिङ पिरियडको कारण ६ महिनापछि उनले सीईओको जिम्मेवारी सम्हालेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर