धानको न्यूनतम समर्थन मूल्य तोकियो, कुनको कति ? – Nepal Press

धानको न्यूनतम समर्थन मूल्य तोकियो, कुनको कति ?

काठमाडौं । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । चालु आर्थिक वर्षका लागि मोटा धानको प्रतिक्विन्टल मूल्य २ हजार ७ सय ५२ रूपैयाँ र मध्यम किसिमको धानको मूल्य २ हजार ९ सय २ रुपैयाँ छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले यस वर्ष तोकिएको धानको समर्थन मूल्य गत वर्षको भन्दा प्रति क्विन्टल १७ रूपैयाँले बढी भएको जानकारी दिए ।

गत वर्ष असारे धान लगाउनुपूर्व नै सरकारले धानको समर्थन मूल्य तोकेको थियो ।


प्रतिक्रिया

One thought on “धानको न्यूनतम समर्थन मूल्य तोकियो, कुनको कति ?

  1. कृषकले पसिनाको उचित मूल्य पाउनु पर्छ किनकी यदि उचित मूल्य पाएनन भने निराश भएर खेतीपाती गर्न छोडेर अरब धाउन बेरलाउन्नन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर