बर्लिन म्याराथनमा प्रतिस्पर्धा गर्ने पार्कीलाई क्रिएटिभ ह्यान्डको शुभकामना र सहयोग(भिडिओ) – Nepal Press

बर्लिन म्याराथनमा प्रतिस्पर्धा गर्ने पार्कीलाई क्रिएटिभ ह्यान्डको शुभकामना र सहयोग(भिडिओ)

काठमाडौं । बर्लिन म्याराथनमा सहभागी हुन जर्मनी जान लागेका नेपाली धावक गोपीचन्द्र पार्कीलाई क्रिएटिभ ह्यान्डले शुभकामनासहित आवश्यक खेल सामग्री सहयोग गरेको छ । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालका लागि म्याराथनमा स्वर्ण दिलाएका गोपीले ओलम्पिकको छनोट मानिएको नेपालगञ्ज म्याराथन पनि जितेका थिए ।

तर, प्राविधिक कारणले टोकियो अ‍ोलम्पिक गुमाएका गोपीले बर्लिन म्याराथन खेल्ने निश्चित भइसकेको छ । त्यसैका लागि क्रिएटिभ ह्यान्डले मंगलबार पत्रकार सम्मेलन गर्दै गोपीलाई प्रतियोगिताका लागि शुभकामनासँगै सहयोग सामग्री हस्ताण्तरण गरेको हो ।

नेपालगञ्ज म्याराथनको आयोजकसमेत रहेको क्रिएटिभले गोपीको बर्लिन म्याराथनको सहभागिताले हर्षित बनाएको बनाएको बताउँदै उनलाई प्रोत्साहन स्वरुप टिसर्ट, ट्र्याक सुट र ब्याग प्रदान गरेको हो ।

बर्लिन म्याराथनबाट फर्केर गोपीले नेपालगञ्ज म्याराथनमा पनि सहभागिता जनाउने विश्वाससमेत क्रिएटिभले व्यक्त गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर