संयुक्त राष्ट्रसंघकाे वैठकमा ग्रेटर नेपालले उठायो जयसिंह धामीको मुद्दा – Nepal Press

संयुक्त राष्ट्रसंघकाे वैठकमा ग्रेटर नेपालले उठायो जयसिंह धामीको मुद्दा

काठमाडौं । संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को एउटा वैठकमा भारतीय एसएसबीले तुइनबाट खसाएर हत्या गरेका जयसिंह धामीको विषय उठेको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा अध्यक्ष फणिन्द्र नेपालले सो विषय उठाएका हुन् ।

जेनेभास्थित संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को ४८ औँ सत्रको समानान्तर कार्यक्रममा नेपाल सहभागी भएका थिए । सो कार्यक्रममा आफूले जयसिंह धामीका साथै भारतले सैनिक हेलिकप्टर नेपालको आकाशमा उडाएर नेपालको सार्वभौमसत्तामा आँच पु¥याएको प्रसंग पनि निकालेको नेपालले बताए ।

‘इन्डियन हेजेमोनिक डिजाइन्स अगेन्स्ट नेपाल’ शीर्षकमा जूम वेबिनारमार्फत उक्त सत्र आयोजना भएको थियो ।

‘भारतीय एसएसबीले तुइनको लठ्ठा काटिदिएर नेपाली नागरिकको जघन्य हत्या गरेका छन्, यो मानवताविरोधि अपराधिक कार्यवापत भारतले अहिलेसम्म क्षमायाचना गरेको छैन र पिडितलाई क्षतिपूर्ति पनि दिएको छैन,’ नेपालले भनेका थिए ।

नेपाली सेनाको ब्यारेकमाथि सैनिक हेलिकोप्टर उडाएर भारतले सैन्य आतंक मच्चाउन खोजेको पनि उनले बताए । कार्यक्रममा उनले ग्रेटर नेपालको विषयमा पनि चर्चा गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर